नाैलाेप्रेस डेस्क

735 Posts
सुन तोलामा १४ सय र चाँदी १५ रुपैयाँ घट्यो

सुन तोलामा १४ सय र चाँदी १५ रुपैयाँ घट्यो

काठमाण्डाै । नेपाली बजारमा पहेलो धातु सुनको मुल्य आज १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको मुल्य तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मुल्य तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो घटिरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहाेस्
आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै

आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि रहनेछन् । बुधबार ल्हासामा प्रधानमन्त्री दाहालले विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । रासस  
पुरा पढ्नुहाेस्
जोशीपुरबाट १ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

जोशीपुरबाट १ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

कैलाली । कैलालीको जोशीपुर गाउँपालिका बाट नगदसहित १० जुवाडे पक्राउ परेका छन्। गाउँपालिकाको वडा नम्बर ५ बनकट्टा स्थित प्रबेस चौधरीको कुखुरा फारममा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँका ४० वर्षीय शिब चौधरीसहित १० जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिईएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ। प्रहरीले उनीहरुलाई १ लाख १३ हजार नगद र ४ बुक तास सहित पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीले थप अनुसन्धान गरिरहेको छ।
पुरा पढ्नुहाेस्
मुक्तिनाथ तिर्थयात्रामा गएका दुई स्वयंसेवक देवघाटमा बेपत्ता

मुक्तिनाथ तिर्थयात्रामा गएका दुई स्वयंसेवक देवघाटमा बेपत्ता

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका बाट मुक्तिनाथ यात्रामा पठाएका वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा गएका दुई जना युवा देवघाटमा पौडी खेल्दा बेपत्ता भएका छन्। उनीहरु बिहीबार बिहान ७ः३० बजे कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा पानीमा डुबेर बेपत्ता भएका हुन्। धनगढी उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि यही आइतवार पठाएको थियो। यात्राको संयोजन धनगढीको लक्ष्मीनारायण मन्दिरले गरेको थियो। लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रुपमा मुक्तिनाथ यात्राका लागि गएका भारतको असम घर भएका १८ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १५ वर्षीय पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएको समाचार स्रोतमा उल्लेख गरिएको छ । नदीमा पौडी खेल्ने क्रममा भुमरीमा परेर…
पुरा पढ्नुहाेस्
जोशीपुर गाउँपालिकाले दियो भोलि स्थानीय विदा

जोशीपुर गाउँपालिकाले दियो भोलि स्थानीय विदा

जोशीपुर । जोशीपुर गाउँपालिका कैलालीले असोज ११ गते स्थानीय बिदा दिएको छ । अनन्त चतुर्दशी पर्वको अवसरमा १ दिन स्थानीय बिदा दिएको सुचना मार्फत जानकारी दिएको छ । सूचनामा उल्लेख छ अनन्त चतुर्दशीको अवसरमा जोशीपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरूमा स्थानीय बिदा दिने गाउँ कार्यपालिका बाट २०८० असोज १० मा निर्णय भएको हुँदा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत मार्सल पन्टद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ ले भन्यो सडक छेउछाउ खाली गर्नुस

बर्दगोरिया-६ ले भन्यो सडक छेउछाउ खाली गर्नुस

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले सडक छेउछाउ खाली गर्न निर्देशन दिएको छ । बुधबार वडाले एक सूचना जारी गर्दै पृथ्वीपुरदेखि राजीपुर, सुगरखाल हुँदै जोकाहीसम्मको सडक खण्डका छेउछाउ खाली गर्न भनेको हो । उक्त सडकहरू पानी पिचको तयारी भएको हुँदा सडक छेउछाउ खाली गर्न निर्देशन दिएको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । सूचनामा भनिएको छ,- सडक छेउछाउमा गाईबस्तु बाध्ने, दाउरा घाँस राख्ने, घर निर्माण भौतिक सामाग्री थुपार्ने जस्ता कार्य नगर्नु होला । यदि यो सूचनाको अटेरी गरेको पाइएमा सडक पानी पिचका क्रममा लाग्ने जेसीबीसम्मको खर्च स्वम व्यक्तिले तिर्नुपर्ने तथा समान जफतसम्म हुने जनाएको छ ।…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । देशमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलि बिहीबार पनि देशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा प्रस्थान गर्दै

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा प्रस्थान गर्दै

१०, असोज । गत शनिबार देखि चीन भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ । नले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय…
पुरा पढ्नुहाेस्
आज विश्व पर्यटन दिवस; विविध कार्यक्रम मनाइँदै

आज विश्व पर्यटन दिवस; विविध कार्यक्रम मनाइँदै

काठमाडौं । आज विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसको अवसरमा त्रिभुवन विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।…
पुरा पढ्नुहाेस्