नाैलाेप्रेस डेस्क

833 Posts
बर्दियाको समग्र विकासका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

बर्दियाको समग्र विकासका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडाैं | बर्दियाको समग्र विकासका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराइएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (माओवादी केन्द्र)का नेताहरूले बर्दियाका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । माओवादीका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग भेटेर बर्दियाको विकासका विषयमा छलफल गरेका हुन् । नेताहरूले ठाकुरबाबाको मुक्त कमैया र सुकुम्बासी बस्तीमा देखिएको समस्या, स्थानीय विकास र अन्य विविध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको वैकल्पिक केन्द्रीय सदस्य लोकराज जैसी (लोकेश)ले जानकारी दिए । ठाकुरबाबाको पर्यटकीय विकास, राष्ट्रिय निकुञ्ज र जनावरबाट भोग्नुपरेको समस्या तथा सुरक्षाको उचित व्यवस्थापनलगायत विषयमा आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए । छलफलपछि प्रधानमन्त्री प्रचण्डले बर्दियाको…
पुरा पढ्नुहाेस्
श्री बालकन्या मा.वि.ले गर्‍यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम

श्री बालकन्या मा.वि.ले गर्‍यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बालकन्या माध्यमिक विद्यालयको आयोजनामा विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरिएको छ । सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्। सरस्वती पुजाकै अबसरमा चित्रकला प्रदशनी गरिनुका साथै सास्कृतिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा विद्यालयले गाएन प्रतियोगिता समेत गरेको प्रधानाध्यापक सुशिला कुवरले बताउनुभयो । कार्यक्रममा बर्दगोरिया शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट,…
पुरा पढ्नुहाेस्
मोडर्न मालिका नेशनल विद्या निकेतनले मनायो सरस्वती पुजा सँगै आफ्नो ५ औं वार्षिक उत्सव

मोडर्न मालिका नेशनल विद्या निकेतनले मनायो सरस्वती पुजा सँगै आफ्नो ५ औं वार्षिक उत्सव

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको मोडर्न मालिका नेशनल विद्या निकेतन स्कुलले बुधबार सरस्वती पुजासहित आफ्नो ५ औं वार्षिक उत्सव मनाएको छ । सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्। सरस्वती पुजाकै अबसरमा विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । बार्षिकोत्सवको अवसरमा स्कुलले बिभिन्न खेलकुद, सांकृतिक तथा नृत्य प्रतियोगीताको गरेको थियो । सोही अवसरमा विद्यालयले आयोजना गरेका विभिन्न  प्रतियोगिताका बिजेता तथा स्वमुल्यांकनबाट विभिन्न…
पुरा पढ्नुहाेस्
नोवेल माद्यामिक बिद्यालयले मनायो अक्षरारम्भ गराउदै सरस्वती पूजा (फोटो फिचर)

नोवेल माद्यामिक बिद्यालयले मनायो अक्षरारम्भ गराउदै सरस्वती पूजा (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नोवेल माद्यामिक बिद्यालयले अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको छ। हरेको वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस दिनलाई नोवेल माद्यामिक बिद्यालयले पनि विगत दिन जस्तै यस वर्ष पनि अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको हो। बिद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टका अनुसार अत्यधिक मात्रामा सना बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको थियो। यस उत्सवलाई वसन्त ऋतुको शुरूआत पनि मानिन्छ। त्यसैले यसलाई वसन्त पञ्चमी समेत भन्ने गरिन्छ भनिन्छ । यस दिनमा विद्यार्थीले सरस्वतीको पूजा गरेमा पढाइमा सफलता मिल्ने धार्मिक विश्वास छ। सरस्वतीलाई ज्ञान, संगीत, कला र साहित्यकी…
पुरा पढ्नुहाेस्
आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे

काठमाडौँ । आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस । विश्वभर एक साथ मनाइँदैछ । आजका दिन प्रेमी-प्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्दै मनाउने गर्दछन । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर प्रेम साट्ने प्रचलन नेपालमा पनि बढ्दै गरिरहेको छ
पुरा पढ्नुहाेस्
आज सरस्वती पूजा, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज सरस्वती पूजा, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । काठमाडौँ उपत्यकाका…
पुरा पढ्नुहाेस्
गण्डकी प्रदेशमा देखियो फेरि ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोग

गण्डकी प्रदेशमा देखियो फेरि ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोग

कास्की । सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको संक्रमण गण्डकी प्रदेशमा पुनः देखिएको छ । उक्त रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयले संक्रमण फैलिँदै जाँदा ठूला तथा साना बंगुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको छ । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ । निर्देशनालयका अनुसार पछिल्लो संक्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोखरामा १३ गरी कुल ११२ बंगुरको मृत्यु भएको छ । “अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक तथा उच्च मृत्युदर भएको…
पुरा पढ्नुहाेस्
जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन प्रधानमन्त्री ‘प्रचण्ड’को अपिल

जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन प्रधानमन्त्री ‘प्रचण्ड’को अपिल

काठमाडौं । जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपिल गरेका छन्। माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसको २९ ‌औं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले जनयुद्ध माओवादीले नेतृत्व गरेको भएपनि पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस रहेको बताएका हुन्। ‘तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले जारी गरेको सन्देशमा उल्लेख छ। उनले जनयुद्धकै जगमा देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र समावेशी…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; देशभरको मौसम आंशिक देखि साधरणतया बदली

मौसम पूर्वानुमान; देशभरको मौसम आंशिक देखि साधरणतया बदली

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि

नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आज देखि सुरु हुँदैछ । सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुनेछ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीयको सचिवालय ले जानकारी दिएको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ । पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो ।…
पुरा पढ्नुहाेस्