गण्डकी प्रदेशमा देखियो फेरि ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोग

कास्की । सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको संक्रमण गण्डकी प्रदेशमा पुनः देखिएको छ । उक्त रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयले संक्रमण फैलिँदै जाँदा ठूला तथा साना बंगुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको छ । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ । निर्देशनालयका अनुसार पछिल्लो संक्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोखरामा १३ गरी कुल ११२ बंगुरको मृत्यु भएको छ ।

“अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक तथा उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोगविरुद्ध भ्याक्सिन उपलब्ध छैन”, “जैविक सुरक्षा एकमात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रित भएको निर्देशनालले भनेको छ।”

गण्डकी प्रदेशमा गत वर्ष साउन २९ गते पहिलोपटक संक्रमण ‘आउटब्रेक’ भएको थियो । यस रोगका कारण प्रदेशमा हालसम्म १६ हजार ५५४ वटा बंगुर मरेको निर्देशनालयको तथ्यांक छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार