नेदरल्यान्ड्स सँग नामिबिया ५९ रनको पराजित
काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नामिबिया नेदरल्यान्ड्स सँग ५९ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको २ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रनमात्र बनाउन सक्यो । नामिबियाका जान फ्राइलिन्क र जेन ग्रीनले समान ४२ रन बनाए । नेदरल्यान्ड्सका टिम भान डेर गुग्टेनले २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २ सय ४८ रन बनायो । नेदरल्यान्ड्सका माइकल लेभिटले शतक बनाए । लेभिट ६२ बलमा १ सय ३५ रन बनाएर आउट भए । यस्तै साइब्रान्ड एन्गेलब्रेच्टले ७५ रन बनाए । लेभिट…

















