नाैलाेप्रेस डेस्क

735 Posts
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता हुने भएको छ । नेपाल आयल निगमले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनबमोजिम मूल्यवृद्धि फिर्ता गर्ने भएको हो । आइतबार प्रधानमन्त्री दाहालकाको निर्देशनबमोजिम निगममले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको हो । निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी असोज १४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्यवृद्धि…
पुरा पढ्नुहाेस्
रानीजरुवा सामुदायिक व.उ.समुहकाे ९ औँ वार्षिक साधारण सभा सम्पन्न

रानीजरुवा सामुदायिक व.उ.समुहकाे ९ औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मनऋषि आचार्य रहेका थिए । कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले "हरियो वन नेपालको धन" भन्ने कुरालाई सबैले आत्मसात गर्नु पर्ने बताए । तर पछिल्लो समय वन क्षेत्रमा चोरी तस्करी का घटना बढ्दो क्रममा रहेका छन । ति चोरी तस्करीका घटना लाई न्यूनीकरण गर्न समुदाय वनको ठुलो भुमिका रहने बताए । सोही…
पुरा पढ्नुहाेस्
भिरबाट लडेर बैतडीमा एक किशोरीको मृत्यु

भिरबाट लडेर बैतडीमा एक किशोरीको मृत्यु

बैतडी । बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको रहेकी हुन । उनीको शनिबार दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन्। भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्।
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो: ग्यासको मुल्य हाल सम्मकै उच्च

पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो: ग्यासको मुल्य हाल सम्मकै उच्च

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (भोलि) बिहान १ बजदेखि लागु हुने गरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो । आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ । यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । जस अनुसार खाना पकाउने ग्यासको मुल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम हुँदै

बर्दगोरियामा एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा यहीँ असोज १९ गते नि:शुल्क एक दिने आँखा जाच शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लि. को आयोजना यहीँ असोज १९ गते शुक्रबारका दिन एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम हुन लागेको हो । गाउँपालिका भित्रका आर्थिक अवस्था कमजोर भइ आँखा चेकजाँच गर्न नसक्ने स्थानीय वासीलाइ सहयोग होस भन्ने उद्देश्यका साथ आफुहरुले एक दिने नि:शुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले बताए । उनले भने उक्त दिन आँखा चेकजाँच गर्नुका साथै आवश्यकता अनुसार नि:शुल्क औषधि, चस्मा वितरण गरिने…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज स्वदेश फर्किने भएका छन । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किन लागेका हुन । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । दाहालले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका  थिए । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट हिजो मात्र छन्दु पुगेका थिए । उक्त भ्रमका क्रममा दाहालले चिनियाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मसँग भेटवार्ता गरेका थिए । उनको भ्रमण दलमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका…
पुरा पढ्नुहाेस्
आजदेखि सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध सुरु

१३ असोज, काठमाडौं। आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; यसवर्ष मनसुन ढिलो बाहिरिने

मौसम पूर्वानुमान; यसवर्ष मनसुन ढिलो बाहिरिने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष नेपालमा मनसुन केही दिन ढिलो गरि बाहिरिने सम्भावना रहेको भएको छ । महाशाखाले शुक्रबार राति विशेष बुलेटिन जारी गर्दै मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन औसत मिति भन्दा केहि दिन ढिलो बाहिरिने सम्भावना देखिएको बताएको छ । हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएकोले आगामी ३ र ४ दिनसम्म देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको…
पुरा पढ्नुहाेस्
चाडपर्व लक्षित; सुदूरपश्चिममा सुरक्षा व्यवस्थालाई कडा पारिने

चाडपर्व लक्षित; सुदूरपश्चिममा सुरक्षा व्यवस्थालाई कडा पारिने

कैलाली । चाडपर्व लक्षित सुदूरपश्चिम प्रदेशभित्र सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ। नेपाली हरुको महान चाड वडा दशैं, तिहार तथा छठ पर्व लाई लक्ष्यित गर्दै प्रदेशमा सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ। चाडपर्वको अवसरमा कुनै पनि प्रकारका सम्भावित आपराधिक घटनाहरु नघटुन भन्दै सुरक्षा व्यवस्था कडा पारिने भएको हो। प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिने गरी तयारी भइरहेको छ। प्रहरीको सङ्ख्या बढाएर सीमा नाका र ग्रामीण बस्तीहरूमा प्रहरी परिचालन गरिने भएको छ। सीमा क्षेत्रबाट हुने तस्करी र ग्रामीण बस्तीमा हुने झगडा तथा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको समेत सहयोग लिइने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी…
पुरा पढ्नुहाेस्
बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले प्रधानाध्यापक छनौट प्रक्रिया अघि बढाएको छ । गाउँ सरकारले १७ वटा सामुदायिक विद्यालयको प्र.अ. पदका लागी भदौ १९ गते सूचना आह्वान गरेको थियो । सो अवधिमा आवेदन दिएकाहरू मध्ये ९ जनालाई छनौट समितिले छनौट गरेको छ । पालिकाभरिका विद्यालयमा हाल सम्म निमित्त प्रधानाध्यापकलाई कामकाज गर्ने गरी जिम्मा दिइएको थियो । तर अब भने बर्दगोरिया गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ तथा नियमावली २०८० को परिच्छेद ८ नियम २८ बमोजिम खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छनौट थालिएको गाउँ सरकारका प्रवक्ता मिथुन गौतमले जानकारी दिए । छनौट भएका प्रधानाध्यापकहरूलाई बुधवार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा समेत खाइसकेको छ…
पुरा पढ्नुहाेस्