नाैलाेप्रेस डेस्क

833 Posts
एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको तेस्रो गाउँ परिषद सम्पन्न

एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको तेस्रो गाउँ परिषद सम्पन्न

बर्दगोरिया । एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीको तेस्रो गाउँ परिषद शनिवार सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटी अध्यक्ष पुष्कर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य गणेश राज गिरी (लालदीप) रहेका थिए । यस्तै कार्यक्रममा विशिष्ट अतिथि पार्टी जेष्ठ नागरिक सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य, पार्टी बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आएम), रहेका थिए । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उपाध्यक्ष गिरीले बर्दगोरिया गाउँपालिका तथा आफ्नो व्यक्तिगत तर्फबाट कुनै पनि शिक्षक…
पुरा पढ्नुहाेस्
राष्ट्रियसभा अध्यक्षसहित २० सांसदको पदावधि भोलि समाप्त हुँदै

राष्ट्रियसभा अध्यक्षसहित २० सांसदको पदावधि भोलि समाप्त हुँदै

काठमाडौँ । आइतबार भोलिदेखि राष्ट्रियसभाका अध्यक्षसहित भोलि २० सांसदको पदावधि समाप्त हुँदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आइतबारदेखि बिदा हुन लागेका हुन् । बिदाइ हुनेहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदैछन् । यस्तै कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदाइ हुन लागेका हुन । यता नेकपा एसबाट नन्दा चापाई र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमीलाकुमारी, स्वतन्त्र सांसद…
पुरा पढ्नुहाेस्
अफगानिस्तानमा भारी हिमपात: १५ जनाको मृत्यु, दर्जनौँ घाइते

अफगानिस्तानमा भारी हिमपात: १५ जनाको मृत्यु, दर्जनौँ घाइते

काबुल । अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयताको भारी हिमपातका कारण १५ जनाको मृत्यु भएको छ । करिब ३० जना घाइते छन् । बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै टोलोन्युजले भारी हिमपातका कारण पशुधनमा व्यापक प्रभाव परेको उल्लेख गरेको छ । हालैको हिमपातका कारण लगभग १० हजार जनावर मरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सर–ए–पुलका स्थानीय अब्दुल कादिरले भने, “व्यापक हिउँ परिरहेको छ । धेरै सडकहरू अवरुद्ध भएका छन् । कुनै पनि आवागमन छैन । आफ्ना पशुधनको क्षति भएकाले स्थानीय निकै चिन्तित बनेका छन् ।” अर्का बासिन्दा अमानुल्लाहले सडक अवरुद्ध भएका र भोकभोकै रहेका पशुचौपायाको दुर्दशाबाट प्रभावितका निम्ति…
पुरा पढ्नुहाेस्
नेपालद्वारा नेदरल्यान्ड्स ६ विकेटले पराजित

नेपालद्वारा नेदरल्यान्ड्स ६ विकेटले पराजित

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाबाट नेपाल फाइनल खेल नजिक पुगेको छ । आज भएको खेलमा नेपाले नेदरल्यान्ड्स लाई ६ विकेटले हराउदै फाइनल खेल नजिक पुगेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । रोहितले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४६ रन जोड्न सफल भएका थिए । यस्तै गुल्सन झाले ३६ बलमा दुई चौका र एक छक्कासहित ३८ रन थपे । ओपनर कुशल भुर्तेलले १२ रन जोडे । यता नेदरल्यान्ड्सका भिभियन किंग्माले…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा लघुवित्त कर्मचारी मञ्च बाैनियाले गर्‍यो रक्तदान

बर्दगोरियामा लघुवित्त कर्मचारी मञ्च बाैनियाले गर्‍यो रक्तदान

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लघुवित्त कर्मचारी मञ्च बाैनियाकाे आयाेजनामा शनिबार उक्त एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा लघु वित्तका कर्मचारी तथा बर्दगोरिया गाउँपालिकाका स्थानीय जनसमुदाय मिलि २२ पोइन्ट रगत संकलन भएको मञ्चका अध्यक्ष दुर्गा दत्त जाेशिले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा लघु बित्त प्रती आम जनसमुदायमा परेको नकारात्मक प्रभावलाई मेटाउदै लघुबित्तहरु जनसमुदायको हक हितमै रहेको कुरालाई प्रष्ट पार्ने उद्देश्यका साथ उक्त १ दिने रक्तदान कार्यक्रम आयोजना गरेको बताए । साे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि टिकापुरले प्राविधिक सहयोग रहेको थियो ।
पुरा पढ्नुहाेस्
अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला; नेपालले आज नेदरल्याण्डससँग खेल्दै

अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला; नेपालले आज नेदरल्याण्डससँग खेल्दै

काठमाडौं । नेपालले आज अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेदरल्याण्डससँग खेल्दैछ । हिजो नामिबियाविरुद्ध ३ रनले विजयी हुँदै नेपालले फाइनलको आशा जीवितै राखेको छ । फाइनलमा दाबेदारी बलियो बनाउन आज नेदरल्याण्ड्सलाई हराउनुपर्नेछ । त्यसपछि भोलि नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ । नेपाल यसअघिका दुई खेलमा भने पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो । नामिबियाले तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई…
पुरा पढ्नुहाेस्

उपनिर्वाचनका लागि निर्वाचन आयोगले गर्‍यो आफ्नो कार्यतालिका सार्वजनिक

काठमाण्डौ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गतेको छ । वैशाख १५ गते हुने इलाम प्रतिनिधि सभा क्षेत्र नं २ र बझाङ १ को प्रदेशसभा १ को लागी कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यसै दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । आयोगका अनुसार उम्मेदवारको विरोधमा चैत २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ । २५ गते दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्ममा…
पुरा पढ्नुहाेस्
टीकापुर अस्पताल, चार वर्षमा दुई हजार महिलाको भयो पाठेघरको शल्यक्रिया

टीकापुर अस्पताल, चार वर्षमा दुई हजार महिलाको भयो पाठेघरको शल्यक्रिया

टीकापुर । कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो । अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले  सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन् । सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्।     टीकापुर अस्पतालमा हरेक महिना झण्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन् । सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा दास बताउछन् । यसबाहेक अस्पतालमा सातामा तीन÷चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ ।…
पुरा पढ्नुहाेस्
आज पनि सरकार र मिटरब्याज पीडितबिच वार्ता

आज पनि सरकार र मिटरब्याज पीडितबिच वार्ता

काठमाडौँ । शुक्रबार भएको वार्ता सकारात्मक भएको भन्दै सरकार र मिटरब्याज पीडितबिच आज पनि पुन वार्ता हुने भएको छ । सरकार सँगको आजको वार्ताले सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताएका छ्न । मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले  चौथो चरणको वार्ता सकारात्मक रहेको बताउदै आजको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे । यता सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने उता सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर  काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता…
पुरा पढ्नुहाेस्
सेती भिजन एकेडेमीले मनायो आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस

सेती भिजन एकेडेमीले मनायो आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस

बर्दगोरिया । विभिन्न चरणहरु पार गर्दै कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर १० मा रहेको सेती भिजन एकेडमीले आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गर्दै बिधालयले आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नृप बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्किचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया हरेका थिए । यस्तै विशिष्ट अतिथिमा लम्कि बहूमुखि क्याम्पस प्रमुख महेश बिक्रम थापा, लम्किचुहा नगरपालिका प्याब्सन का अध्यक्ष मोहन ढुंगाना, लम्कि बहूमुखि क्याम्पसका सहायक प्रमूख तथा सेति भिजन एकेडमीका प्रमुख व्यवस्थापक जनक…
पुरा पढ्नुहाेस्