
प्रधानमन्त्री प्रचण्ड आज बझाङ आउदै
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भूकम्प क्षतिबारे स्थलगत निरीक्षणमा गर्न आज बझाङ आउने भएका छन । प्रधानमन्त्री प्रचण्ड १८ जनाको टोली सहित शुक्रबार आज बिहान साढे १० बजे बझाङ आउन लागेका हुन । प्रधानमन्त्री प्रचण्कडको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी, गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् । प्रधानमन्त्री प्रचण्डले बिहीवार नै बझाङका भूकम्पबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका थिए । उद्दार र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई उनको निर्देशन थियो । मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको…