आज पनि सरकार र मिटरब्याज पीडितबिच वार्ता

काठमाडौँ । शुक्रबार भएको वार्ता सकारात्मक भएको भन्दै सरकार र मिटरब्याज पीडितबिच आज पनि पुन वार्ता हुने भएको छ ।

सरकार सँगको आजको वार्ताले सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताएका छ्न ।

मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले  चौथो चरणको वार्ता सकारात्मक रहेको बताउदै आजको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।

यता सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने उता सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर  काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार