नाैलाेप्रेस डेस्क

735 Posts
बर्दगोरिया ६ मा व्यवसायीक कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

बर्दगोरिया ६ मा व्यवसायीक कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले व्यवसायिक कृषकहरूलाई कृषि सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार वडाले वडा मा दर्ता भइ व्यवसायीक रुपमा कृषि पेशामा आवद्ध कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो । जसमा १ क्रेट, २ पाकेट पोषण र १ पाकेट जिङ्क हस्तान्तरण गरेको हो । विशेष गरी तरकारी वालिमा कुनै पनि प्रकारको रोगले आक्रमण नगरुन र तरकारी बालीको उत्पादन राम्रो होस भन्ने उद्देश्यका साथ उक्त औषधि वितरण गरेको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए ।
पुरा पढ्नुहाेस्
दानविर सामुदायिक वन उ. समुहको ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक

दानविर सामुदायिक वन उ. समुहको ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा रहेको श्री दानविर सामुदायिक वन उपभोक्ता समुहले आफ्नो सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ । बिहिवार गाउँपालिका उपाध्यक्ष कमल साउदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक वनले आफ्नो ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक गरेको हो। कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को २ करोड ६६ लाख २२ हजार ३ सय ६६ आय, २ लाख ५४ हजार ८ सय ५५ व्यय । यस्तै आर्थिक वर्ष २०७८/०७९ को २६ लाख ८४ हजार ५ सय ६७ को आय, १० लाख ९४ हजार ५ सय ६० व्याय, र आर्थिक वर्ष २०७९/०८० को १२ लाख ६४,०००…
पुरा पढ्नुहाेस्
मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत दोदोधरा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत दोदोधरा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बर्दगोरिया । बैशाख १५ गते उद्घाटन भएको १५ सैया दोदोधरा अस्पतालमालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब १ करोड बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । नव निर्मित १५ शैया दोदोधरा अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत सहयोग गरेको गरिएको हो । दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढ्न थालेको कुरालाई मध्य नजर गर्दै थप सेवा प्रभावकारी बनाउने उद्देश्य अनुरुप आवश्यक ल्याब सामाग्री माग गरिएको थियो । पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले दोदोधरा अस्पताललाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री संग अस्पताललाई आवश्यक पर्ने उपकरण ,औजार र औषधि माग गरे बमोजिम मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत बिहिबार करिब १ करोड…
पुरा पढ्नुहाेस्
भैरवमाला राष्ट्रिय मा.वि. को शिक्षक अभिभावक संघगठनको अध्यक्षमा धौलाखर जैशी

भैरवमाला राष्ट्रिय मा.वि. को शिक्षक अभिभावक संघगठनको अध्यक्षमा धौलाखर जैशी

बर्दगोरिया। श्री भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालय मोहन्याल ३ को शिक्षक अभिभावक संघ गठन गरिएको छ । सोमबार अभिभावक भेलाबाट विद्यालयको शिक्षक अभिभावक संघ गठन गरिएको हो । जसको अध्यक्षमा धौलाखर जैशी सर्वसम्मत चयन भएका हुन । जैशीको नेतृत्वमा रहेका ११ सदस्य पनि सर्वसम्मत चयन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशीले जानकारी दिए ।
पुरा पढ्नुहाेस्
आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाण्डाै । नेपाल राष्ट्र बैङ्कले आजदेखि बडा दशैँ, तिहार र छठको लागि नयाँ नोट सटही सुविधा दिने भएको छ । काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ । यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ…
पुरा पढ्नुहाेस्
मोतिपुर बघौरा बजार व्यवस्थापन समितिद्धारा इप्रका मोतिपुरलाई बोटबिरुवा वितरण

मोतिपुर बघौरा बजार व्यवस्थापन समितिद्धारा इप्रका मोतिपुरलाई बोटबिरुवा वितरण

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.२ मोतिपुरमा गठित मोतिपुर बघौरा बजार ब्यवस्थापन समितिले इलाका प्रहरी कार्यालय मोतिपुरलाई बोटबिरुवा बितरण छ । समिति गठन पश्चात विभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै आएको मोतिपुर बघौरा बजार ब्यवस्थापन समितिले शनिवार प्रहरी दिवसको अवसर पारी इलाका प्रहरी कार्यालय मोतिपुरलाई फलफुल र फुलका बोटबिरुवाहरु बितरण गरेको हो । इलाका प्रहरी कार्यालयमा जादा केही मात्र बिरुवाहरु देखिए पनि आवश्यकता अनुसारका विभिन्न प्रजातीका बोटबिरुवाहरुको अभाव देखिएको हुँदा उक्त क्षेत्रमा रोप्नका लागि बोटबिरुवाहरु वितरण गरिएको बजार व्यवस्थापन समिति अध्यक्ष टीकाराम तिमिल्सेनाले जानकारी दिएका छन । गठन भएको छोटो समयमै आफ्नो क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बजार बनाउने उद्देश्य…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ् । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
बडादसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:२९ बजे

बडादसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:२९ बजे

काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ…
पुरा पढ्नुहाेस्
कैलालीको भजनीमा करेन्ट लागेर एक जनको मृत्यु

कैलालीको भजनीमा करेन्ट लागेर एक जनको मृत्यु

कैलाली । कैलालीको भजनी नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा नगरपालिका-४ बिजुलीयाका ४० वर्षीय खुसीराम चौधरी रहेका छ्न । उनको करेन्ट लागेर शुक्रवार साँझ मृत्यु भएको हो। आफ्नै घरको पङ्खामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चैधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
पुरा पढ्नुहाेस्
एमाले सुप अधिवेशन; कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी

एमाले सुप अधिवेशन; कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी

बर्दगोरिया । नेकपा एमाले सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी भएका छन । असोज २१ गते बाट सुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनमा कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कुँवर अत्याधिक मत ल्याउदै विजयी भएका हुन । अधिवेशन करिब ६ दिन पछि शुक्रबार सम्पन्न भएको छ । उद्घाटन सत्र पश्चात् बन्द सत्रमा सहमति जुट्न नसक्दा बिहिवार भएको मतदानको नतिजा शुक्रबार सार्बजनिक भएको हो । जसमा नेकपा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्षमा  कृष्ण प्रसाद जैशि सर्वसम्मत निर्वाचित भएका थिए । यसै गरि उपाध्यक्षमा काली बहादुर शाही, सचीवमा रण बहादुर चन्द,…
पुरा पढ्नुहाेस्