नाैलाेप्रेस डेस्क

655 Posts
तीन महिनामा ६ गैंडा मरे

तीन महिनामा ६ गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मृत भेटिएका छन्। साउन महिनायता ती गैंडा मृत भेटिएका हुन्। एउटा गैंडा करेन्ट लगाएर मारिएको हो भने दुई गैंडा अन्य कारणले मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैंडा मरेका थिए। जसमध्ये १८ गैंडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैंडा मृत्युको कारण खुल्न नसकेको उनले बताए। पछिल्लो गणनाअनुसार नेपालमा एकसिंगे गैंडाको संख्या सात सय ५२ छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैंडा छन्। रासस
पुरा पढ्नुहाेस्
तिन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

तिन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरू भएको छ। यहाँ दसैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो। त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन। तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए। आज नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए। दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए। ुमंगलबारका लागि टिकट बुकिङ भइसकेको छ। अब यात्रुको चाप विस्तारै बढ्छ,ु प्रमुख लामाले भने। नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि…
पुरा पढ्नुहाेस्
महिला टी–२० विश्वकप: भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

महिला टी–२० विश्वकप: भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ । गए राती सम्पन्न जारी आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाए सफल भएको थियो । त्यस्तै पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । यो जितसँगै अस्ट्रेलिया समूह ए मा लगातार चार जित सहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै यो हारपछि भारतको सेमिफाइनल यात्रा भने सङ्कटमा परेको छ । भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ ।…
पुरा पढ्नुहाेस्
दसैँको समयमा मात्रै जुम्लामा बिके १६ करोडका खसीबोका र भेडा

दसैँको समयमा मात्रै जुम्लामा बिके १६ करोडका खसीबोका र भेडा

जुम्ला । जुम्लामा यो वर्षको दसैँको समयमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीको खसीबोका र भेडाको कारोबार भएको छ। चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसी बिक्री भएको जानकारी दिए। शाखा प्रमुख रावलका अनुसार जिल्लाकै र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ खसीबोका र भेडा बिक्री भएका छन्। यस्तै१५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगाभैँसी खरिद बिक्री भएका छन्, जसमा ४८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावः थोरै वर्षाको सम्भावना

मौसम पूर्वानुमानः पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावः थोरै वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशभरआंशिक बदली रहि वर्षाको सम्भावना रहेको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै…
पुरा पढ्नुहाेस्
विजयादशमीको उत्तम साइत कुन देशमा कति बजे ?

विजयादशमीको उत्तम साइत कुन देशमा कति बजे ?

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज दशैँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः ३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण,…
पुरा पढ्नुहाेस्
आज बडादसैँको मुख्य दिन: टीकाको उत्तम साइत बिहान ११:३६ बजे

आज बडादसैँको मुख्य दिन: टीकाको उत्तम साइत बिहान ११:३६ बजे

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज दशैँ । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजयादशमी आफैमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समेत समितिले जनाएको छ । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ ।…
पुरा पढ्नुहाेस्
आश्विन शुक्ल नवमीः महानवमी पर्व मनाइँदै

आश्विन शुक्ल नवमीः महानवमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार…
पुरा पढ्नुहाेस्
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। भने कोशी प्रदेशलगायत मधेश प्रदेशका अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव छ। बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावनाको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसोː कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै…
पुरा पढ्नुहाेस्