
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद खारेज गरेको छ ।

चैत १८ र १९ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो पद खारेज गर्ने निर्णय गरेको हो ।
जसअनुसार कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङवाङ, धर्मशीला चापागाईँ र सुरेशुकमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगबहादुर यादव र महेन्द्र पासवान, बागमती प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ, शालिकराम जमरकट्टेलको पद खारेज भएको छ ।
यस्तै गण्डकी प्रदेशमा हरिराज अधिकारी, लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जलाई जिम्मेवारीबाट हटाइएको छ । अब उनीहरु सबै प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारीमा रहनेछन् ।
यस्तै उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटा, सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी, देवेन्द्र पराजुली र मानबहादुर बुढा पनि प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेका छन् । मधेश प्रदेशबाट पिएल श्रेष्ठ र सुदूरपश्चिम प्रदेशबाट हरिस ठकुल्लालाई वैकल्पिक केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।
