बर्दगोरिया–२ मा चैत्र २६ गते देखि राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

२५ चैत्र, २०८१ बर्दगोरिया। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं। २ मा चैत्र २६ गते मङ्गलवार देखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु हुने भएको छ ।

वडाले सोमबार एक सूचना जारी गर्दै मङ्गलवार चैत्र २६ गते देखि वडाका विभिन्न स्थानबाट उक्त राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिएको हो ।

वडा अध्यक्ष गोविन्द विकका अनुसार वडाले वडावासीहरूको सहजताका लागि वडाका विभिन्न स्थानबाट उक्त राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छन । जस अनुसार दोघरा गाउँमा मिति २०८१ चैत्र २६ गते देखि ३१ गते सम्म वितरण गरिने छ, भने कुम्भिया गाउँमा मिति २०८२ बैशाख १ गते देखि ८ गते सम्म, यस्तै झगडपुर गाउँ बाट मिति २०८२ बैशाख ९ देखि १५ गते सम्म र वडाको बौनियाँ गाउँ र बौनिया बजार बाट मिति २०८२ बैशाख १६ गते देखि २३ गते सम्म वितरण गरिने छ ।

उक्त राष्ट्रिय परिचयपत्र बर्दगोरिया गाउँपालिका वडा नं। २ मा मिति २०७८ सालमा बायोमेट्रिक गराई आवेदन फारम भरेका वडा वासीहरूले मात्र प्राप्त गर्ने भएका छन ।

नागरिकहरूले आफ्नो परिचय खुल्ने थुप्रै कागजात बोक्नु नपरोस् भन्दै नेपाल सरकारले वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्य गरेको हो ।

राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जी करण कार्यालय, स्थानीय निकाय, बैङ्क, टेलिकम, सवारी चालक अनुमति पत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राखिएको हुन्छ ।

सूचना…

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार