नाैलाेप्रेस डेस्क

822 Posts
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने

आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने

काठमाडौँ । आज साझ ६ संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बोलाइएको हो । आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने बताइएको छ ।  शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएका हुन् । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आइरहेको छ । यसअघि वैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा सर्वसम्मति हुन सकेको थिएन । मुख्यतः संवैधानिक परिषद्को पदेन सदस्य रहने विपक्षी दलका नेता…
पुरा पढ्नुहाेस्
देशभर थप १७ जना कोरोना पुष्टि

देशभर थप १७ जना कोरोना पुष्टि

काठमाडौं, २२ बैशाख । देशभर थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशाला मार्फत २ सय ५७ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, देशभर पछिल्लो २४ घण्टामा ४३ हजार ६ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५७ जना संक्रमणमुक्त भएका छन्। हालदेशभर १ सय ६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ बाट शुरूवात भयो छोरी जीवन बीमा

बर्दगोरिया-६ बाट शुरूवात भयो छोरी जीवन बीमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालयले छोरीको जीवन बीमाको शुरुआत गरेको छ । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न, बालबिबाह, महिला तथा लैङ्िगक हिंसा न्यूनीकरणमा सहजता पुर्याउनका लागि वडा कार्यालयले छोरी जीवन बीमा कार्यक्रमको शुरूवात गरेको हो । बिहिवार वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बौनियामा शाखासहित संचालित सीटीजन लाइएफ जीवन बीमा कम्पनीसंग सम्झौताबमोजिम वडाभित्र जन्मिएका १० वटा छोरीको जीवन बीमा गरि कार्यक्रमको शुरूवात गर्नुभएको छ । जसअन्तर्गत वडाभित्र स्थायी बसोबास गर्ने, चालू आर्थिक वर्षभरी स्वास्थ्य संस्थामा जन्म भएका तर व्यक्तिगत घटना अभिलेखमा ३५ दिनभित्र दर्ता गराएका छोरीको बीमा गरिएको हो । वडा कार्यालयले ´´अझै सानो छु…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा १ दिने नि;शुल्क दन्त परिक्षण शिबिर सम्पन्न

बर्दगोरिया-५ मा १ दिने नि;शुल्क दन्त परिक्षण शिबिर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ५ मा बुधबार एक दिने नि;शुल्क दन्त परिक्षण शिबिर सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगि बेलुवा युवा क्लब को आयोजना तथा मालिका दन्त सेवा प्रा.लि.को प्राविधिक सहयोगमा उक्त १ दिने नि;शुल्क दन्त परिक्षण शिबिर सम्पन्न भएको हो । शिबिरबाट वडा का करिव २ सय ६५ जनाले सेवा लिएको मालिका दन्त सेवा प्रा.लिका संचालक सिडिएस डेन्टल हाईजिनिस्ट केशव बहादुर शाहीले जानकारी दिए । उनका अनुसार सो मध्य १ सय १३ जनाले नि; शुल्क रुपमा आफ्नो दात निकालेका थिए । भने अन्यको सामान्य चेकजाँच गरिएको थियो । शिबिरमा डेन्टल…
पुरा पढ्नुहाेस्
सुडानमा अलपत्र परेका १९ जना नेपालीको उद्घार

सुडानमा अलपत्र परेका १९ जना नेपालीको उद्घार

काठमाडौ । सुडानमा अलपत्र परेका नेपालीहरुको उद्घार गरिएको छ । अलपत्र अवस्थामा रहेका मध्ये १९ जनाको उद्धार गरि नेपाल फिर्ता ल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पोर्ट सुडान पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा ३० अप्रिलमा जेद्दा शहर आइपुगेका छन्। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३१ जना नेपाली सम्पर्कमा आएका थिए। जेद्दा आइपुगेका १९ जनामध्ये ६ जनाले रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईमा काम गर्ने भएका छन्। १३ जनामध्ये ८ जना आजै एअर अरबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी ५ जना भोलि जजिरा एअरवेजको उडानबाट नेपाल आउने तयारी भइरहेको छ। नेपाली राजदूतावास, कायरोको सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई सुडानबाट…
पुरा पढ्नुहाेस्
आज नेपालले यूएईको सामना गर्दै

आज नेपालले यूएईको सामना गर्दै

काठमाडौँ । आज नेपाल र यूएई बीच एसीसी प्रिमियर कपको फाइनल खेलमा हुने भएको छ । कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ । सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ
पुरा पढ्नुहाेस्
घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखले दिए राजीनामा

घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखले दिए राजीनामा

१६ वैशाख, सुखड । कैलालीको एक क्याम्पसका सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखहरुले राजीनामा दिएका छन् । राजीनामा दिनेमा जिल्ला घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चेतराज बिनाडी, विभागीय प्रमुख व्यवस्थापन संकायका वीरेन्द्र कुँवर र विभागीय प्रमुख मानविकी संकायका प्रेमराज चौधरी रहेका छन् । उनीहरुको क्याम्पस सञ्चालक समितिलाई राजीनामा आफ्नो राजिनामा बुझाएका हुन् । परिवर्तित समय र परिस्थितिको माग बमोजिम आफूहरूले राजीनामा बुझाएको उनीहरूले बताएका छन् । विगत केही समय देखी क्याम्पस प्रशासनको लापरबाही, व्यापक गुटबन्दी, प्रशासनिक र पद्धतिगत अस्तव्यस्त भएको भन्दै केही प्रध्यापकहरुले आन्दोलन गरेका थिए ।
पुरा पढ्नुहाेस्

मिटर ब्याज पीडितलाई उजुरी दिन जिल्ला प्रशासन कार्यालय कैलालीको अनुरोध

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज पीडितलाई आइतबार देखि उजुरी दिन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार हिजो एक सुचना सार्वजनिक गर्दै मिटर ब्याज पिडितहरुलाई भोलि (आइतवार) बैशाख १७ गतेदेखि ३१ गतेसम्म उजुरी दिन आग्रह गरेको हो ।  जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यालयको सहायता कक्षमा गई यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने र भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निःशुल्क रुपमा उपलब्ध गराइने समेत जनाइएको छ ।
पुरा पढ्नुहाेस्
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो ।
पुरा पढ्नुहाेस्
मुख्यमन्त्री कमल बहादुर शाहद्वरा दोदोधरा अस्पतालको उद्घाटन

मुख्यमन्त्री कमल बहादुर शाहद्वरा दोदोधरा अस्पतालको उद्घाटन

बर्दगोरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नव निर्मित १५ शैया दोदोधरा अस्पतालमा औषधि उपकरणको कुनै कमि हुन नदिने बताए । शुक्रबार कैलालीको बर्दगोरिया गाउपालिकामा आयोजित १५ शैया अस्पतालको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सो कुरा बताएका हुन । मुख्यमन्त्री शाहले सम्झौता अगावै निर्माणको काम सम्पन्न गरेकोमा बधाई दिदै अब उपरान्त दोदोधरा अस्पतालमा औषधि उपकरणमा कमि नहुने बताए । उनले भने बर्दगोरियाका जनताले अब औषधि उपचारका लागि बाहिर जानु पर्दैन साथै मुख्यमन्त्री शाहले स साना योजना भन्दा पनि दीर्घकालीन र आवश्यकताका आधारमा योजनाहरु छ्नौट गर्न आग्रह गरे । आवश्यकताका आधारमा योजनाहरु ल्याउनुहोस म बिकासका क्षेत्रमा काम गर्न…
पुरा पढ्नुहाेस्