नाैलाेप्रेस डेस्क

822 Posts
जन्म दिनको अवसरमा खाघान्न सहयोग

जन्म दिनको अवसरमा खाघान्न सहयोग

बैशाख २९, कैलाली । राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगर कमिटी अध्यक्ष नकुल बम ठकुरीले जन्म दिनको अवसरमा खाधान्न सहयाेग गरेका छन् । बमले लम्किचुहा नगरपालिका वडा नम्बर २ स्थित बघाैरा निवासी प्रकाश नेपालीको परिवारलाई आफ्नो जन्म दिनको अवसरमा नेपालीको निवासमै पुगेर करिब चार महिनालाई पुग्ने सहयाेग स्वरुप खाद्यान्न हस्तान्तरण गरेका हुन । बमका अनुसार जन्म दिनको नाममा गरिने फजुल खर्चका साटो सानाे भए पनि मानव सेवा गर्न पाउदा आफुलाई खुसि लागेको कुरा व्यत्त गरेका छन् । बम लम्किचुहा नगरपालिका क्षेत्रमा एक कुशल र नेतृत्वदायि क्षमता भएको युवाका रुपमा परिचित रहदै आयका छन् ।
पुरा पढ्नुहाेस्
अब व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने

अब व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने

काठमाडौ । सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने कानुन बनाउने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा जन्म, नाम, थर वा अन्य विवरण एक पटक दर्ता भएपछि दर्ता भएको मितिले एक वर्षभित्र मात्रै सच्याउन सक्ने व्यवस्था छ । उक्त व्यवस्थालाई सरकारले परिवर्तन गरी जहिले सुकै सच्याउन सकिने गरी सम्बन्धित ऐन संशोधन गर्न लागेको हो । तर, जहिले संशोधन गर्न पाइने भए पनि एक पटक मात्रै संशोधन गर्न सकिनेछ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक २०८०’ मा यस्तो प्रस्ताव गरिएको हो ।
पुरा पढ्नुहाेस्
घोडाघोडी नगरपालिका द्वारा दुना टपरीको प्रयोग गर्न आग्रह

घोडाघोडी नगरपालिका द्वारा दुना टपरीको प्रयोग गर्न आग्रह

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले पालिका भित्र रहेका होटेल, रेस्टुरेन्ट, खाजा घर, विवाह, भोज भतेर, बत्रबन्ध, मेला पर्व र होमस्टेमा सालको पातबाट निर्मित दुना टपरीको प्रयोग गर्न आग्रह गरेको छ । नगरपालिकाले आज एक सूचना जारि गर्दै आम सरोकारवालाहरुलाई सालको पातबाट निर्मित दुना टपरीको प्रयोग गर्न आग्रह गरेको छ । प्लास्टिक जन्य बस्तुहरूको विस्थापन गर्दे स्थानीय कच्चा पदार्थ बाट निमार्ण भएका दुना टपरीको प्रयोगलाई प्राथमिकता दिन सबैमा अनुरोध गरेको छ । दुना टपरीको प्रयोग पश्चात् टपरीलाई कम्पोस्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको छ । पालिकाले प्लास्टिक मुक्त अभियान सफल पार्न दुना टपरी उत्पादनमा जोड…
पुरा पढ्नुहाेस्
सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा व्यापारिक टहराहरू हटाउँदै 

सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा व्यापारिक टहराहरू हटाउँदै 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा टहराहरू हटाउन थालेका छन् । सुखड–भजनी सडक खण्डको मुख्य बजार सुखड चोक देखी शान्तिनगर चोक सम्मको अतिक्रमित संरचना हटाउन नगरपालिकाले २१ दिने अल्टिमेटम सहितको सूचना जारी गरे पछि व्यापारीहरू समय अभावै स्वः स्फूर्त रुपमा टहरा हटाउन लागेका हुन । आफूहरूले उक्त सडक छेउछाउमा बनाएका खोका, छाप्रा, टहरा, संरचना लगायत सबै प्रकारका अतिक्रमित संरचना हटाउन लागी परेको व्यापारीहरूले बताएका छन् । आफूहरूले खोका, छाप्रा, टहरा हटाएर स्थानीय सरकारलाई सहयोग गरेको उनिहरुको भनाई रहेको छ । नगरपालिकाले अतिक्रमित संरचना हटाउन २१ दिने अल्टिमेटम सूचना जारी गरेको थियो । साथै आफैँले उक्त संरचनाहरु…
पुरा पढ्नुहाेस्
कैलालीको धनगढी स्थित एक चमेनागृहमा आगलागी

कैलालीको धनगढी स्थित एक चमेनागृहमा आगलागी

कैलाली । कैलालीको धनगढी स्थित एक चमेनागृहमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको वेस्टर्न कलेजको चमेनागृहमा बिहिवार दिउँसो आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राकेश शर्माले सञ्चालन गरेको चमेना गृहमा ग्याँल लिक भएर आगो लागेको हो। आगलागीबाट फ्रिज, टेबुल, कुर्सी लगाएतका सामान जलेका छन्। आगो प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।
पुरा पढ्नुहाेस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने तयारी

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने तयारी

काठमाडौँ । नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । आजको बैठकमा खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । यद्यपि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका थिए । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।
पुरा पढ्नुहाेस्
कैलालीमा ग्यासको सिलिन्डर बोकेको ट्रक दुर्घटना

कैलालीमा ग्यासको सिलिन्डर बोकेको ट्रक दुर्घटना

कैलाली । कैलालीमा ग्यासको सिलिन्डर बोकेको ट्रक दुर्घटनामा परेको छ । आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक ट्रक भासु भिरमा दुर्घटना भएको हो । जिल्लाको चुरे गाउँपालिका ५ खानीडाडा स्थित भासु भिरमा ट्रक दुर्घटनामा परेको । दुर्घटनामा परेको उक्त ट्रक करिब ७/८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका ५ तारानगरका राजेन्द्रप्रसाद बिष्टको सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० नम्बरको आइसर कम्पनिको ट्रक दुर्घटनामा परेको हो । ट्रक दुर्घटनामा मानवीय क्षति नभए पनि गाडी र गाडीमा रहेका खालि सिलिन्डर पुर्ण क्षति भएको बताइएको छ। विष्ट लटिनाथ मार्केटिङ फर्मका सञ्चालक…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा अपाङ्गता भएका नागरिकलाई परिचयपत्र वितरण

बर्दगोरियामा अपाङ्गता भएका नागरिकलाई परिचयपत्र वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सोमबार अपाङ्गता भएका नागरिकलाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक गणेश राज गिरिले एक कार्यक्रमका बिच उक्त अपाङ्गता परिचय पत्र बितरण गरेका हुन । पछिल्लो ३० दिन भित्र शाखामा आएर आफ्नो अपाङ्गताको प्रकार देखाउदै दिएको निवेदनका आधारमा आज ७ जनलाई अपाङ्गता भएका नागरिकलाई उक्त परिचयपत्र वितरण गरेको उनले बताए । यस्तै पालिका भित्रका कोहि पनि अपाङ्गता भएका नागरिक परिचयपत्र लिन बाट बन्चित नहुन भन्दै आफुले विभिन्न माध्यमबाट गाउँ, टोलमा सूचना दिदै गरेको बताए । सोही क्रममा उनले भने-सबैलाई क, ख वर्गको मात्र परिचयपत्र वितरण गर्न सकिदैन त्यसैले…
पुरा पढ्नुहाेस्
कैलालीको बर्दगोरियामा धानको बिउ वितरण कार्य शुरु

कैलालीको बर्दगोरियामा धानको बिउ वितरण कार्य शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बर्खे धानको बिउ वितरण कार्य शुरु भएको छ । बर्दगोरिया गाउँपालिका कृषि बिकास शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत आज देखि उक्त धानको विउ बितरण कार्य शुरु भएको हो । बर्खे खेती को समय नजिकए सङ्ग सोमबार आज देखि उक्त धानको बिउ वितरण कार्य शुरु गरेको बर्दगोरिया गाउँपालिका कृषि बिकास शाखा अधिकृत झंकर रावतले जानकारी दिए । उनका अनुसार उक्त धानको विउ ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरिदै छ । उक्त धानको विउ वितरण गर्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले कृषक हरुलाई कुनै पनि कृषि जन्य वस्तुको कमि हुन नदिने बताए…
पुरा पढ्नुहाेस्

भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना

२५ वैशाख, काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना भएको छ । दुर्घटना बाट २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको समाचार स्रोतमा उल्लेख छ । दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख…
पुरा पढ्नुहाेस्