श्री बाल कन्या मा.वि.को १२ र ४ कोठे पक्की भवनको पालिका अध्यक्ष कुँवर द्वारा सम–उद्घाटन
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित श्री बाल कन्या माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे र ४ कोठे भवनको सोमबार उद्घाटन गरिएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सोमबार एक औपचारिक कार्यक्रमका बिच भवनको रिबन काटेर उद्घाटन गरेका हुन । भवनको उद्घाटन भएसँगै अव श्री बाल कन्या माध्यमिक विद्यालयका विद्यार्थी हरूले सुविधा सम्पन्न नव निर्मित भवनबाट गुणस्तरीय शिक्षा प्राप्त गर्ने भएका छन । विगतका दिनमा टिनका छाना मुनि रही अध्ययन गराउँदै आएको श्री बाल कन्या माध्यमिक विद्यालयले अबका दिनहरूमा सुविधा सम्पन्न नव निर्मित भवनबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने भएको हो । …















