सुदुरपश्चिम विशेष

लम्की चुहा १० मा ३ दिने छुवाछूत, महिला तथा घरेलु हिंसा सम्बन्धी अभिमुखीकरण तालीम सुरु

लम्की चुहा १० मा ३ दिने छुवाछूत, महिला तथा घरेलु हिंसा सम्बन्धी अभिमुखीकरण तालीम सुरु

बौनिया । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा जातीय छुवाछुत, महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धी ३ दिने अभिमुखीकरण तालीम सुरु भएको छ ।   महिला जागरण केन्द्र नेपालको आयोजनामा र टेवा अनुदान नेपालको आर्थिक सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो । तिन दिने अभिमुखीकरण तालिममा जातीय छुवाछूत, भनेको के हो रु यसको सुरुवात कसरी भयो रु नेपालको संविधान जातीय छुवाछुतको लागि कस्तो कानुनी व्यवस्था छ रु महिला हिंसा भनेको के हो रु नेपालको संविधान महिला हिंसाको लागि कस्तो व्यवस्था छ रु लगायतका विषय मा छलफल तथा अन्तरक्रिया हुने आयोजक संस्थाकी अध्यक्ष विष्णा बिसी ९सपना० बताइन् ।  …
पुरा पढ्नुहाेस्
भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

खलङ्गा । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।   उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना सिल्ट सफाइका लागि मङ्गलबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।   दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जारी गरेको सूचनामा २० गते बिहान ६ देखि २१ गते बिहान ६ बजेसम्म माटो, बालुवालगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिने जानकारी प्राप्त भएको उल्लेख छ ।   उक्त समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन…
पुरा पढ्नुहाेस्
तीन दिनदेखि बैतडीकी एक महिला बेपत्ता

तीन दिनदेखि बैतडीकी एक महिला बेपत्ता

कैलाली । बैतडीको सिगास गाउँपालिकाकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा सही गाउँपालिका–४ सिराडीकी २७ वर्षीय भागरथी साउँद रहेकी छन् । उनी यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी र हालसम्म सम्पर्कमा नआएकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। भागरथीका श्रीमान् रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन्। भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।
पुरा पढ्नुहाेस्
करेन्ट लागेर बैतडीमा एक किशोरको मृत्यु

करेन्ट लागेर बैतडीमा एक किशोरको मृत्यु

कैलाली । बैतडीको डिलाशैनी गाउँपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका वडा नं. ३ गिरी बगरका १३ वर्षीय किरण कोली रहेका छन् । उनको विद्युत् पोलबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार शनिवार दिउँसो स्थानीय डिन्नीगाड खोलमा बालुवा सङ्कलन गरिरहेका किरण नजिकै रहेको बिद्युत्को पोलमा छोइदा गम्भीर घाइते भएका थिए। घाइते किरणलाइ उपचारको लागी गोकुलेश्वर अस्पताल पुर्‍याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको पाण्डेयले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।
पुरा पढ्नुहाेस्
कैलालीको बर्दगोरियामा धारिलो हतियार प्रहारबाट एक किशोरीको मृत्यु  

कैलालीको बर्दगोरियामा धारिलो हतियार प्रहारबाट एक किशोरीको मृत्यु  

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाम धारिलो हतियार प्रहार बाट एक किशोरी गम्भीर घाइते भएकी एक किशोरीको मृत्यु भएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी बर्दगोरिया गाउँपालिका वडा ३ निवासी १७ वर्षीया यातना सेजुवाल थप उपचारका लागि धनगढी लगिएकोमा उनको उपचारका क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार बिहान करिब ९; ५० बजेको समयमा सोही पालिका वडा नम्बर १ निवासी ३२ वर्षीया नृप साउदले सेजुवाल माथी धारिलो हतियार प्रहार गरेका थिए । साउद र सिजवाल बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित राजधानी सेकुवा एण्ड…
पुरा पढ्नुहाेस्
कैलालीमा धारिलो हतियार प्रहार: १७ वर्षीया किशोरी गम्भीर घाइते 

कैलालीमा धारिलो हतियार प्रहार: १७ वर्षीया किशोरी गम्भीर घाइते 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा धारिलो हतियार प्रहार बाट एक किशोरी गम्भीर घाइते भएकी छ्न । घाइते हुनेमा बर्दगोरिया गाउँपालिका वडा ३ निवासी १७ वर्षीया यातना सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार बिहान करिब ९; ५० बजेको समयमा सोही पालिका निवासी ३२ वर्षीया नृप साउदले सेजुवाल माथी धारिलो हतियार प्रहार गरेका थिए । साउद र सिजवाल बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्ने कर्मचारी हुन । सिजवाल माथी साउदले होटेलमै धारिलो हतियार प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । धारिलो हतियार प्रयोग पछि…
पुरा पढ्नुहाेस्
बर्दगोरिया अस्पतालले सुचारु ग¥यो (MD-Internal Medicine) डा. सहितको सेवा 

बर्दगोरिया अस्पतालले सुचारु ग¥यो (MD-Internal Medicine) डा. सहितको सेवा 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा विगत डेढ दशक देखि सञ्चालित बर्दगोरिया अस्पताल  प्रा.ली ले (MD-Internal Medicine) सहित को थप सेवा सुचारु गरेको छ । विगत लामो समय देखि MBBS डा. सहितको सेवा प्रदान गर्दै आएको उक्त अस्पतालले मङ्गलवार आज बाट (MD-Internal Medicine) द्वारा सेवा प्रदान गर्न लागेको बर्दगोरिया अस्पतालका सञ्चालक पुष्प खतिवडाले जानकारी दिए । उनले भने– विगत करिब डेढ दशक देखि हामीले बर्दगोरिया गाउँपालिका लगायत छिमेकी पालिका जस्तै लम्की चुहा नगरपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका का बिरामी हरूलाई MBBS डा. द्वारा नियमित रूपमा बिरामी चेकजाँच तथा उपचार सेवा प्रदान गर्दै आएका थियौँ । त्यसका साथै बिरामीको…
पुरा पढ्नुहाेस्
थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै

थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै

कैलाली– थारु समुदायले आज (मंगलबार) ‘गुरही’ पर्व उल्लासपूर्वक मनाउँदै छन् । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा…
पुरा पढ्नुहाेस्
‘गुरही पर्व’ पर्वको तयारी पूरा

‘गुरही पर्व’ पर्वको तयारी पूरा

कैलालीः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व धनगढीमा धुमधामसँग मनाइने भएको छ। सखी सञ्जाल कैलाली, थारू कल्याणकारिणी सभा धनगढी नगर समिति, थारू लेखक सङ्घलगायतको संयुक्त आयोजनामा धनगढीको क्याम्पस चोकमा यही साउन १३ गते पर्व मनाउनका तयारी पूरा गरिएको सखी सञ्जाल कैलालीका संयोजक कालीमैया (उन्नति) चौधरीले जानकारी दिइन्। थारू सामुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण संवद्र्धन गर्र्ने उद्देश्यले धनगढीमा २०६७ सालदेखि गुरही पर्वलाई संस्थागत रूपमा मनाउँदै आएको छ। गुरही पर्वलाई भव्यताका साथ मनाउने तयारीबारे छलफलसहित सांस्कृतिक झाँकी व्यवस्थापन, मिडिया परिचालनलगायत विषयमा छलफल भई तयारी लगभग पूरा भएको संयोजक चौधरीले बताए। पर्व मनाउने स्थानमा व्यवस्थापनका लागि प्रशासन…
पुरा पढ्नुहाेस्
लम्की बहुमुखी क्याम्पसमा तालाबन्दी

लम्की बहुमुखी क्याम्पसमा तालाबन्दी

लम्की ।  कैलालीको लम्की चुहा नगरपालिका वडा नं। १ मा सञ्चालित लम्की बहुमुखी क्याम्पस तालाबन्दी गरिएको छ । शनिवार स्वतन्त्र विद्यार्थी युनियन (स्वबियू) सभापति तपेन्द्र प्याकुरेलको नेतृत्वमा क्याम्पसमा तालाबन्दी गरिएको हो । क्याम्पस स्वबियू समितिले एक विज्ञप्ति जारी गर्दै उक्त क्याम्पसमा तालाबन्दी गरेको जानकारी दिएको छ  । स्वबियू सभापति तपेन्द्र प्याकुरेलको हस्ताक्षरित विज्ञप्तिमा यस्तो भनिएको छ “ परीक्षार्थी हरूलाई बस नपठाउने निर्णय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्रिविको परीक्षा तालिका अनुसार २०८२ साउन ११ र १२ गते देखि सुरु हुने स्नातक तह प्रथम वर्षको परीक्षा दिने विद्यार्थीहरूका लागी लम्की बहुमुखी क्याम्पस बाट परीक्षा केन्द्रसम्म जान आउन सहज होस भनी…
पुरा पढ्नुहाेस्