एस.ई.ई. परीक्षा; नोबेल मा.वि बन्यो उत्कृष्ट नतिजा ल्याउँदै बर्दगोरियामा प्रथम
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ को एस. ई.ई. परीक्षामा पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । पालिकाका ६ वटा सामुदायिक र ४ वटा संस्थागत माध्यमिक विद्यालयलाई पछि पार्दै संस्थागत विद्यालयका रूपमा सञ्चालित नोबेल माध्यमिक विद्यालय पालिकामै उत्कृष्ट नतिजा सहित प्रथम हुन सफल भएको छ । नोबेल माध्यमिक विद्यालय अघिल्लो शैक्षिक सत्रमा पालिकामै समेत उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय हो । यस शैक्षिक सत्र २०८१ मा पनि ३.८७ जिपिए ल्याउँदै प्रथम, ३.८४ र ३.७८ जिपिए ल्याउँदै पालिकामै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको हो । विद्यालयमा नियमित…















