क्रिकेटर आदिल तीन लाख धरौटीमा छुटे

११ फागुन काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले आदिल धरौटीमा छुटेको जानकारी दिएका छन् । अदालतले बुधबार आदिललाई धरौटीमा छाड्ने फैसला गरेको थियो । ‘आदिलसहित तीन जनालाई धरौटीमा छाडेको हामीले पनि जानकारी पाएका छौं । तीन लाख धरौटीमा छुटेका थिए । यो क्रिकेट र स्पटको कुरा हो । आदिलले पूर्ण रुपमा फैसला नपाउन सम्म नेपाली क्रिकेट टोलीबाट खेल्ने सम्भावना कम हुन्छ । हिजो नै फैसला आएको हो । आज विहान छुटे होलान्’, विनोद दासले भने ।

आदिलले अदालत सामु आफूले स्पट फिक्सिङ गरेको अस्वीकार गरेका थिए । आदिललाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले गत माघ ९ मा प्रकाउ गरेको थियो ।

महबुब आलमले सिनियर टोलीबाट खेलेका दुई खेलाडीलाई प्रस्ताव गरेका थिए । सिआईबीका अनुसार आदिललाई एउटा नो बल र अर्को वाइड फ्याँक्न नै प्रस्ताव आएको थियो । आदिलले त्यसै अनुसार मैदानमा नो र वाइड पनि फ्याँकेका थिय ।

गत पुष १९ मा नेपाल टि२० लिगमा खेल मिलेमतो (म्याच फिक्सिङ) र स्पट फिक्सिङ बारे प्रश्न उठेपछि गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानविनका लागि निर्देशन दिएको थियो । सिआईबीले आशंका लागेका क्रिकेटरसँग अनुसन्धार गरेको थियो । आदिलले नेपालबाट ६ ओडिआई र ८ टि२० आई खेल खेलेका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार