सुदुरपश्चिम विशेष

तराईमा हुस्सु; उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

तराईमा हुस्सु; उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

२९, माघ २०७९ काठमाडौं । सुदूरपश्चिम प्रदेश लगाएत प्रदेश नं. १, गण्डकी, र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले प्रदेश १, गण्डकी,  कर्णाली र सुदूरपश्चिमका  पहाडी भागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। भोलि र पर्सी देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। हिमपात र हुस्सुका कारण दैनिक जनजीवन,…
पुरा पढ्नुहाेस्
नेपाल रेडक्रस सोसाइटी उपशाखा दोदोधराको २३ औं शाखा अधिवेशन सम्पन्न; अध्यक्षमा पुन: जैशी

नेपाल रेडक्रस सोसाइटी उपशाखा दोदोधराको २३ औं शाखा अधिवेशन सम्पन्न; अध्यक्षमा पुन: जैशी

बर्दगोरिया कैलाली । नेपाल रेडक्रस सोसाइटी उपशाखा दोदोधराको २३ औं शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशन बाट पुनः लक्ष्मी जैशी सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन । जसको उपसभापति बबिता खड्का, सचीव खडक कुवर, कोषाध्यक्ष अरुण सम्सेर राणा, उप-सचीव देव मल्ल, उप-कोषाध्यक्ष लालमणी जोशी सर्वसम्मत चयन भएका हुन । यस्तै सदस्य तर्फ महिला सदस्यमा कृष्ण कुमारी खडायत, सदस्य लिलाराम विश्वकर्मा, नेत्र राज जोशी, शिवराज गौतम, भुमि राज शर्मा सहित ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी उपशाखा दोदोधरामा हाल २ सय ३ जना सदस्य रहेको सभापति जैशीले जानकारी दिए ।
पुरा पढ्नुहाेस्
मोहन्यालमा पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ शुरु

मोहन्यालमा पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ शुरु

बर्दगोरिया कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा  पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ। प्रतियोगिताको शनिबार एक औपचारिक कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष  देवीदत्त उपाध्यक्षले उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उपाध्यायले विद्यालय स्तरमा खेलहरु बाट नै राष्ट्रिय खेलाडी हरुको उत्पादन हुने बताएका हुन । उनले खेलकुद क्षेत्रमा राज्यको चासो भएको भए पनि प्रथामिकतामा भने नपरेको उल्लेख गर्दै आफुले यसबारे आवाज उठाइ रहेको बताए । आफु पुर्व वडा अध्यक्ष भएको बेला पनि खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको र अब पालिका अध्यक्षको हैसियतले पालिका भएका खेलाडी हरुलाई प्राथमिकतामा राख्दै खेल क्षेत्र बाट पनि पालिकालाई चिनाउने प्रयास गर्ने…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा जारि पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

बर्दगोरियामा जारि पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । गत मङ्गलवारबाट सुरु भएको प्रतियोगिता आज शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । प्रतियोगितामा कक्षा ६ देखी १२ सम्मका १३ विद्यालयको सहभागीता रहेको थिए । प्रतियोगिताका अधिकांश खेल विद्यालाई वसन्त मुरारी माध्यमिक विद्यालयले कब्जा गरेको छ । १० स्वर्ण, ७ रजत र २ कास्य सहित वसन्त मुरारी प्रथम हुँदा ५ स्वर्ण र ३ कास्य सहित नोबेल एकेडेमी दोस्रो बनेको छ । यस्तै ३ स्वर्ण, ८ रजत र २ कास्य सहित कालिका मा.वि. नौनिया तृतीय बनेको छ । प्रतियोगितामा…
पुरा पढ्नुहाेस्
तराईमा हुस्सु: उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

तराईमा हुस्सु: उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । जसको प्रभावले प्रदेश एक, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पुरा पढ्नुहाेस्
कैलालीको मोहन्याल गा.पा अध्यक्ष उपाध्याय  सहित १५ जनाले पाए विशेष अध्यक्षबाट सफाइ

कैलालीको मोहन्याल गा.पा अध्यक्ष उपाध्याय  सहित १५ जनाले पाए विशेष अध्यक्षबाट सफाइ

मोहन्याल  कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ सहित १५ जनालाई सफाइ पाएका छन  । पालिका अध्यक्ष उपाध्यायसहित तत्कालीन गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतलगायत १५ जनालाई बिहिवार विशेष अदालतले सफाइ दिएको हो । न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा.खुशीप्रसाद थाको संयुक्त अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दाका सबै १५ प्रतिवादीलाई सफाइ दिएको हो । गैरकानूनी रुपमा राजस्व मिनाहा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै उनीहरु निलम्बनमा परेका थिए । अदालतमा मुद्दा परेसँगै वर्तमान गाउँपालिका अध्यक्ष उपाध्यायले कामकाजसमेत गर्न पाएका थिएनन् । गाउँपालिका कार्यबाहक अध्यक्षको भरमा संचालन भइरहेको थियो । गत बैशाख १ गते…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाह नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाह नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका नेपाली काँग्रेसका दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीवार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश सभाबाट एमालेका दलका नेता राजेन्द्रसिँह रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्य मन्त्री नियुक्त भएका रावललाई नागरिक उन्मुक्तिले विश्वासको मत दिएन्। सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७, समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ र ४ जोड्ने नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन, (फोटो फिचर)

बर्दगोरिया-३ र ४ जोड्ने नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन, (फोटो फिचर)

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को बुटकौवा र वडा नम्बर ४ को नौनिया जोड्ने नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । पालिकाको पहलमा सङ्घिय सरकारको लगानीमा बनेको पुलको बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका हुन् । बर्दगोरिया गाउँपालिकाको १३ प्रतिशत ,संघीय सरकारको ८५ प्रतिशत र २ प्रतिशत जनश्रमदानबाट गरि ९८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको हो । पुलको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई आवत–जावतमा सहजता हुने बताउँदै आफ्नो नेतृत्वले यहाँको दिगो विकासलाई प्राथमिकता दिएको दाबी गरे । झोलुङ्गे पुल बनेपछि बर्षौदेखि वडा नम्बर ३ बासीले खेप्नु परेको समस्या अब…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा अपांगता सम्बन्धि सामाग्री वितरण (फोटोफिचर)

बर्दगोरिया-५ मा अपांगता सम्बन्धि सामाग्री वितरण (फोटोफिचर)

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा अपांग भएका नागरिकहरुलाई अपांगता सामाग्री वितरण गरिएको छ । बिहिवार पालिकाको वडा नम्बर ५ कोईलिभुरुवाले आफ्नो वडा भित्र रहेका अपांग नागरिकहरुलाई उनीहरुको आवस्यकता अनुसार अपांगता सामाग्री वितरण गरेको हो । वडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट बाट उक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष भोलेराम चौधरीले जानकारी दिए । उनका अनुसार आफ्नो वडाका अपांगता भएका नागरिकहरुले आफुलाई दिएको सुझाव तथा माग लाई मध्यनजर गर्दै आफुहरुले आफ्नो वडाले वार्षिक कार्यक्रम अनुसार उक्त सामाग्री वितरण गरेको बताए । जस अनुसार १० ओटा ह्युईल चियर, ४ ओटा छडी र १ ओटा बैसाकी वितरण गरिएको हो ।…
पुरा पढ्नुहाेस्
जनआन्दोलन,जनयुद्धमा घाइते तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि लम्कीमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

जनआन्दोलन,जनयुद्धमा घाइते तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि लम्कीमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा जनआन्दोलन,जनयुद्धमा घाइते भएका तथा अपाङ्गता भएका ब्यक्तिहरुला लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको छ ।लम्कीचुह नगरपालिकाको आयोजना तथा सामाजिक बिकास मन्त्रालय प्रादेशिक स्वास्थ प्रवर्द्धन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजनामा अपाङ्ग चेतना समाजको कार्यालय भल्कामा स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको हो । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा न ५ का वडाअध्यक्ष माया बिष्ट रहेकी थिइन ।कार्यक्रमको विशिष्ट अतिथिमा अपाङ्ग चेतना समाजका अध्यक्ष प्रेम बयक रहेका थिए भने कार्यक्रममा २२ जना जनआन्दोलन, जनयुद्धमा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था जाँच तथा स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य व्यवहार…
पुरा पढ्नुहाेस्