बौनिया बजारमा ढल निकासका लागि शिलान्यास
बौनिया/ पुष ०४ बर्दगोरिया गाउपालिकाको मुख्य बजार बौनिया बजारमा ढल निकासका लागि शिलान्यास गरिएको छ । सोमबार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले ढल निकासको शिलान्यास गर्नुभएको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरले बौनिया बजारमा ढल निकासको लागि टेण्डर निकालेको थियो । टेन्डर टिकापुरको रश्मि निर्माण सेवाले १ करोड ७० लाखमा पाएको छ । सोमबार शिलान्यास गरिए पनि काम केही दिनमा सुरु हुने रश्मि निर्माण सेवाका संचालक वीर बहादुर बटालाले बताए । पालिकाको मुख्य बजारमा ढल नहुदा बर्षामा हिलाम्मे हुने गरेको थियो । हिलाम्मे हुदा बजार कुरुप र नराम्रो देखिन थालेपछी बौनिया बजार व्यवस्थापन समिति पलिका अध्यक्ष कर्ण कुँवरले यश क्षेत्रका पुर्ब…