बर्दगोरियामा मावि स्तरीय बृहत छात्र खुल्ला भलिवल प्रतियोगिता शुरु
२८, पौष बर्दगोरिया । कैलालीको बर्दगोरियामा बृहत छात्र खुल्ला मावि स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । पालिकाको नमुना बिधालयका रुपमा परिचीत श्री वसन्त मुरारी नमुना माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको बिहीबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क बहादुर कुवरको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की ,कार्यपालिका सदस्य सरस्वती विक, कलावति ढुंगाना, अथितिका रूपमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विकलगाएतको उपस्थिति रहेको थियो । मित्रताको लागि खेलकुद भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै…


















