बर्दगोरिया-१ मा रहेको नोवेल मा.वि.ले मनायो ३०१ औं पृथ्वी जयन्ती

२७, पौष, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा पृथ्वीनारायण शाहको जन्म जयन्ती दिवस बनाइएको छ ।
बुधबार गाउपालिकाको वडा नम्बर १ मा रहेको श्री नोवेल माध्यमिक बिधालयले बजार परिक्रम गरि ३०१ औं पृथ्वी जयन्ती मनएको हो ।

बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा लिने गरिएको छ । उनको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो ।

उनले स-साना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका थिए ।

बिधालय प्राङ्गण बाट निस्किएको र्‍याली बौनिया बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । प्ले कार्ड सहित र्‍यालिमा निस्केका बिद्यार्थीहरुले ३०१ औ राष्ट्रिय एकता दिवस सफल पारौं, पृथ्वीनारायण शाह अमर रहुन, घुस लिने दिने सबै दोशी हुन,म मरे पनि मेरो देश बाचिरहोस जस्ता नारा लगाएका थिए । बिगत केही बर्ष नेपाल सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तिका दिदै आएको सार्बजनिक बिदा कटौती गरे पनि पुनः यश पटक नेपाल सरकारले देशभर आज सार्बजनिक बिदा समेत दिएको छ । कोण शभामा बिधालयका बिद्यार्थी यज्ञस्वरी खडका र सुमन भण्डारीले बोलेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार