समाज रहेका बिद्यमान कुप्रथा न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम बर्दगोरियामा सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १ देखि ६ वडामा संचालित समाजमा बिद्यमान कुप्रथा न्यूनीकरण सम्बन्धि कार्यक्रम आज सम्पन्न भएको छ । बर्दगोरियामा संचालित समाजमा बिद्यमान कुप्रथा न्यूनीकरण सम्बन्धि कार्यक्रम सम्पन्न पालिकाको वडा नं ५ बाट सुरु भएको कार्यक्रम ६,१,४ हुँदै वडा नम्बर २ बौनिया बजारमा वडा नम्बर २ र ३ को संयुक्त कार्यक्रम गर्दै समापन भएको हो । बर्दगोरिया गाउँपालिका न्यायिक समितिको आयोजना तथा बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि .को सहकार्यमा उक्त कार्यक्रम शुक्रबार देखि सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँ पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेशराज गिरि (लालदिप ) ले समाजमा विद्यमान कुप्रथा रुढीवादी…














