कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरा पक्राउ

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं. २ मा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाइँ नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयवीर बुढा रहेको प्रहरीले जनाएको छ ।

बुहारी कविता बुढाको हत्या आरोपमा उनीहरु पक्राउ परेका हुन् । कविताको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानका क्रममा उनिहरु पक्राउ परेका प्रहरीले जनाएको छ ।

घटनाका मुख्य अभियुक्त डिल्लीसिंह बुढालाई नेपाल भारत सिमावर्ती इलाकामा लुकिछिपी बसेका छन् भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जंगलमा गाडेको र ज्वाइँ नाता पर्ने जयवीरले उनीहरूलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको बताए ।

प्रारम्भीक अनुसन्धानका क्रममा १८ जेठमा पारिवारिक विवादका क्रममा ससुरा डिल्लीसिंहले भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई चिर्पटले हानेर हत्या गरेको देखिएको प्रहरी जनाउकाृ छ । घरमा रहेकी कविता बुढासँग उनकी सासू लहरी बुढा र ससुरा डिल्लीसिंह बुढाको झै–झगडा हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घटनापूर्व पनि घरायसी झगडाका विषयमा इलाका प्रहरी कार्यालय चौमालामा गई मेलमिलाप गर्ने गरेकोमा १८ जेठको साँझ डिल्ली सिंह बुढाले घरको काम नगर्ने, आफूखुसी गर्ने भनी निहुँ खोजी विवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेको कविता बुढालाई पछाडिबाट टाउकोमा चिर्पट दाउराले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घरभन्दा करिब तीन किलोमिटर टाढा पर्ने गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा पु¥याएर ८ फिट गहिरो खाल्डो खनेर गाडेको आरोप छ ।
शव गाडिसकेपछि उनीहरूले बुहारी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि उनीहरू फरार भएको प्रहरीको भनाइ छ ।

जेठ २२ गतेसम्म कञ्चनपुरको विचफाँटास्थित आफन्तको घरमा बसेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक कविता बुढाका श्रीमान् अर्जुन बुढा कान्छी श्रीमती साथमा लिई विगत १ वर्षदेखि भारतको बैंगलोरमा बस्दै आएका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार