सुदुरपश्चिम विशेष

बर्दियाका सबै स्थानमा (माओवादी केन्द्र)को पहिलो चरणको स्कुलिङ्ग सम्पन्न

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट पारित वैचारिक, राजनीतिक तथा संगठनात्मक विचार लाईनलाई पार्टीका सबैं तहमा पुर्याउने केन्द्रीय योजना अनुसार पार्टीको केन्द्रीय स्कुलिङ्ग विभागले केन्द्रीय स्तर हुँदै, प्रदेश र जिल्ला स्तरमा चलाएको प्रशिक्षण कार्यक्रम देशभर सञ्चालन भैरहेको बेला बर्दियामा भने सबै स्थानीय तहसम्म उत्साहजनक ढंगले सम्पन्न भएको खबर प्राप्त भएको छ । देशभरको रिपोर्टका आधारमा समेत जिल्ला भित्रका सबै स्थानीय तहसम्म प्रशिक्षण कार्यक्रम सानदार ढंगले सम्पन्न गर्नेमा बर्दिया जिल्ला पहिलो र महत्वपूर्ण देखिएको माओवादी केन्द्रका नेताहरु बताउँछन । बर्दियाका ६ स्थानीय तहहरु भौगोलिक हिसाबले जिल्लाको मध्ये भागमा पर्ने मधुवन नगर कमिटीबाट शुरुभएको पहिलो स्थानीय कमिटीको प्रशिक्षण कार्यक्रम…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ ले गर्‍यो वडा कार्यालयको भवन शिलान्यास

बर्दगोरिया-३ ले गर्‍यो वडा कार्यालयको भवन शिलान्यास

बर्दगोरिया । नागरिकलाई आफ्नै भवनबाट सेवा प्रदान गर्न कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ ले वडा कार्यालयको भवन शिलान्यास गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदीप) प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की, वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य लगाएतको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो । स्थानिय रत्नऋषि आचार्य र बर्तमान वडा अध्यक्ष आचार्यले वडा कार्यालय भवनको लागि जग्गा दान गरेपछि कार्यालयको आफ्नै भवन बन्ने भएको हो । वडा कार्यालय भवन निर्माणका लागि स्थानिय रत्नऋषि आचार्यले साढे १ र बर्तमान वडा अध्यक्ष आचार्यले बाटोसहित साढे ६ कठ्ठा जग्गा यसअघि नै दान गरेका…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्तिले लग्यो नेपाल बन्दको घोषण फिर्ता

नागरिक उन्मुक्तिले लग्यो नेपाल बन्दको घोषण फिर्ता

कैलाली । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले शनिबार नेपाल बन्दको घोषण फिर्ता लिएको छ । भोलि जेठ ६ गते  बाट नेपाल बन्द को घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीले बन्द फिर्ता लिएको छ । प्रधानमन्त्रीले संसदमा आफुहरुका माग पूरा गर्ने बताएको भन्दै उसले बन्द फिर्ता लिएको हो । पार्टीका प्रबक्ता दामोदर पन्डितले एक प्रेस बिज्ञपति जारी गर्दै प्रधानमन्त्री ले लाल आयोग को प्रतिबेदन सार्बजनिक गर्ने कानुन संशोधन गरेर राजबन्दीहरु को रिहाई गर्ने संसद मै प्रतिबद्धता जनाएकाले नेपाल बन्द को कार्यक्रम फिर्ता भएको जनाएको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियाको १५ शैया दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढदै

बर्दगोरियाको १५ शैया दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढदै

बर्दगोरिया । बैशाख १५ गते उद्घाटन भएको १५ सैया दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढ्न थालेको छ । यतिखेर सामुदायिक अस्पतालमा नागरिकको बढ्दो विश्वसनीयताका कारण दोदोधरा अस्पतालमा स्वास्थ्य सेवा लिनेहरु बढ्न थालेका हुन । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय कैलालीको सहयोगमा नसर्ने रोग सम्बन्धि एक दिने शिबिरमा स्वास्थ्य सेवा लिनेको भिड लागेको थियो । शुक्रबार दोदोधरा अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट मीन बहादुर धामी र दोदोधरा अस्पतालका डाक्टर तिर्थ ढुङ्गाना सहितको टोलिले प्रेसर, सुगर र सिकलसेलका साथै सामान्य रोगको निःशुल्क चेकजाच का साथै स्वास्थ्य परिक्षण गर्नुभएको थियो । जनतालाई घर आगनमा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यले संचालन गरिएको १५ शैया…
पुरा पढ्नुहाेस्
सरकारले आ.व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

सरकारले आ.व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए । प्रतिनिधि सभाको हिजोको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै

नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दैछ । पार्टीले आज दिउँसो १ बजेका लागि बैठक तय गरेको हो । बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपस्थित हुने पार्टी महासचिव रतन थापाले जानकारी दिएका छन । थापाका अनुसार ‘आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न बैठक बस्न लागेका हो । कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति आन्दोलित छ। सोही अनुसार पार्टीले अदालको फैसला लगत्तै हिजो नै नेपाल बन्दसम्मका कार्यक्रम अघि सारिसकेको छ । यद्यपि पार्टीले टीकापुर प्रकरण राजनीतिक भएको र अदालतको फैसलाप्रति कुनै टिप्पणी नरहेको बताएको छ। यता…
पुरा पढ्नुहाेस्
राप्रपाले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दै

राप्रपाले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दैछ। नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणमा ठूला ओहोदामा बसेकाहरू नै संलग्न देखिएको र भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको भन्दै प्रदर्शन गर्न लागेको राप्रपाले बताएको छ। उक्त विरोध प्रदर्शन दिउँसो १ बजे हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरिएको बताइएको छ । पार्टीको केन्द्रीय कार्य समितिको निर्णय अनुरुप आफुहरुले ‘भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्न पागेको एक नेताले बताए हुन । उक्त विरोध प्रदर्शनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक जेठ १, २ र ३ गते बसेको थियो। बैठकले नक्कली शरणार्थी प्रकरणलाई राज्य द्रोहको अपराध भएको निष्कर्ष निकालेको थियो।
पुरा पढ्नुहाेस्
देशभरको मौसम आंशिक देखि सामान्य बदली

देशभरको मौसम आंशिक देखि सामान्य बदली

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू(भागमा चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टीले निकाल्यो बर्दगोरियामा राँके जुलुश

नागरिक उन्मुक्ति पार्टीले निकाल्यो बर्दगोरियामा राँके जुलुश

३, जेष्ठ २०८० बर्दगोरिया । नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनको तालिका अनुसार बुधबार बर्दगोरिया गाउपालिकामा राँके जुलुस सहित नारा लगाएको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेका कारण नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे सम्म नेपालबन्द सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुने कोणसभा लाई सम्बोधन गर्दै केन्द्रिय सदस्य जन्मदेव सन्ज्यालले बताए । जेठ ३, ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि…
पुरा पढ्नुहाेस्
नेपाल बन्दको चेतावनी सहित रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा

नेपाल बन्दको चेतावनी सहित रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । मंगलबार सर्वोच्च अदालतले उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जन्म कैदको सजाय सुनाएको छ । कैलालीको टीकापुर घटनाका प्रतिवादी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतमा पेश गरेको निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै जन्म कैदको सजाय सुनाएको हो । सर्वोच्च अदालतले उच्च अदालतको फैसलालाई सफाई दिए सङ्गै यता नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी सहितका आफ्ना नेतालाई रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएका छन । पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो…
पुरा पढ्नुहाेस्