बर्दगोरिया १ मा बन्ने डिप बोरिङको पालिका अध्यक्ष कुँवरले गरे शिलान्यास

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर १ मा सिचाई योजनाको लागी डिप बोरिङ्गको शिलान्यास गरिएको छ ।

आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,वडा अध्यक्ष मिथुन गौतमले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।

महाकाली सिचाई योजनाबाट बिनियोजित करिब ९० लाखको लागतमा सो सिचाइ योजना बन्ने छ । सो बोरिङ बनेपछी त्यस क्षेत्रका जनतालाई सिचाई गर्न सहज हुने छ ।

शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सिचाईका लागि बन्ने उक्त बोरिङ्गले यस क्षेत्रका जनतालाई अब उपरान्त आकाशे पानिको भर नपर्नु पर्ने बताउनु भयो । पालिका अध्यक्ष कुँवरले भन्नुभयो ओभर ट्याङ्की सहितको बोरिङ्गले सबैलाई सिचाई गर्न पुग्छ ।

वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले सिचाई योजनाले यश क्षेत्रका किसानलाई सहज हुने बताउनु भयो । वडा अध्यक्ष गौतमले भने अब उपरान्त खेती गर्दा आकाशे पानीको मात्र भर पर्नु पर्दैन । डिप बोरिङले यश क्षेत्रका जनतालाई सिचाई गर्न पुग्छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार