सुदुरपश्चिम विशेष

कैलालीको जोशिपुरमा ४५ दिने आधारभुत बारबर अपग्रेड  तालिम सम्पन्न

बौनिया । कैलालीको जोशिपुर गाउँपालिकामा ४५ दिने आधारभुत बारबर अपग्रेड  तालिम  आज सम्पन्न  भएको छ । व्यावसायिक तथा सीप विकास तालीम केन्द्रको आयोजना र जोशीपुर गाउँपालिकाको सहकार्यमा २०८० जेठ १  देखि सुरु भएको उक्त तालीम असार १५ गते सम्म सञ्चालन भएको थियो । उक्त तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको हो । जोशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मान्त्रलायका उप-सचिव गणेश बहादुर सिह रहेका थिए । यस्तै विशिष्ट अतिथी सीप विकास केन्द्रका प्रमुख भुवन पन्त, जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत  मर्शाल पन्त, प्रशासन सहायक अधिकृत मीन राज कठरिया रहेका थिए ।  अबिनाश…
पुरा पढ्नुहाेस्
बढ्यो मदिराजन्य वस्तुको उत्पादक देखि बिक्रेताको इजाजतपत्र र लाइसेन्स नवीकरणको दस्तुर 

बढ्यो मदिराजन्य वस्तुको उत्पादक देखि बिक्रेताको इजाजतपत्र र लाइसेन्स नवीकरणको दस्तुर 

काठमाडौ । सरकारले आर्थिक मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ । आर्थिक विधेयक २०८० मार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मरिदा उत्पादन गर्ने प्रतिष्ठानको लाइसेन्स र नवीकरण दस्तुर रू ५५ हजारले बढेको हो । यसअघि यस्तो शुल्क रू एक लाख ९५ हजार बराबर रहेकामा त्यसलाई बढाएर रू दुई लाख ५० हजार पुर्‍याइएको छ । यस्तै वाइन, ब्रान्डीजस्ता फलफूलमा आधारित मदिरा बनाउने प्रतिष्ठानको लाइसेन्स र नवीकरण शुल्क रू चार हजारले बढाएर रू एक लाख पुर्‍याइएको छ ।…
पुरा पढ्नुहाेस्
एसईई काे नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक हुने

एसईई काे नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक हुने

काठमाडौँ । माध्यमिक शिक्षा परिक्षा कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै यस वर्ष पनि नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डले २०७९ को कक्षा १० को नतिजा शुक्रबारभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ। लेटर ग्रेडिङ अनुसार सबै विषयमा ३५ प्रतिशत नतिजा नआउने विद्यार्थीको नन ग्रेडेड हुने भन्ने छ। तर, बोर्डले यो वर्ष उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो।
पुरा पढ्नुहाेस्
नव बालबाटिका बिद्या मन्दिरका विद्यार्थीले मनाए भव्य रुपमा गुरु पुर्णिामा

नव बालबाटिका बिद्या मन्दिरका विद्यार्थीले मनाए भव्य रुपमा गुरु पुर्णिामा

बर्दगोरिया । आज गुरु पूर्णिमा पर्व । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित नव बालबाटिका बिद्या मन्दिर एक औपचारिक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान गरि मनाएको छ । नव बालबाटिका बिद्या मन्दिरका विद्यार्थी रोहन साउदको अध्यक्षतामा उक्त गुरु पुर्णिामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट रहनु भएको थियो । यस्तै विशिष्ट अतिथि बिधालयका सस्थापक प्रमोद मल्ल रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले गुरु पुर्णिामा को अवसर पारी शिक्षक तथा गुरु प्रति विध्यार्थिहरुले गरेको सम्मान प्रति आफु खुसी भएको बताउनु भयो…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित

बर्दगोरिया गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित

१७, असार २०८० । बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ बर्दगोरिया गाउँपालिका खोप समन्वय समितिले आइतबार सरोकारवाला निकायको उपस्थितिमा एक कार्यक्रमको आयोजना गर्दै पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य कार्यालय कैलाली प्रमुख लाल बहादुर धामी रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै धामीले यस वर्ष पुर्ण खोप अन्तरगत…
पुरा पढ्नुहाेस्
कैलालीको बर्दगोरियामा भुमिहीनहरुलाई जग्गा धनी पुर्जा वितरण कार्यको शुभारम्भ

कैलालीको बर्दगोरियामा भुमिहीनहरुलाई जग्गा धनी पुर्जा वितरण कार्यको शुभारम्भ

बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ बाट भूमिहीन दलित, भुमिहिन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण कार्य सुरु भएको छ । शनिवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, कैलाली भुमी आयोगका अध्यक्ष यज्ञराज उपाध्याय ,प्रतिनिधि सभा सदस्य अरुण चौधरी ,प्रदेश सभा सदस्य रामेश्वर चौधरी र बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले वडा नम्बर ३ का ३ जना भुमिहिन दलित र २ जना भुमिहिन सुकुम्बासीलाई जग्गा धनी लालपुर्जा बितरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै मन्त्री रन्जिता श्रेष्ठले आगामी ६ महिना भित्र कैलाली जिल्लामा नाप नक्साको काम सक्ने गरि अगाडी बढ्न जिल्ला भुमी आयोगलाई निर्देशन दिनुभएको छ ।…
पुरा पढ्नुहाेस्
बर्दगोरियाले मनायो २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

बर्दगोरियाले मनायो २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाएको छ । “जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने मुल नारा सहित गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव धान रोप्दै मनाएको हो । गाउँलालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरी , स्थानिय सरकारका प्रबक्ता मिथुन गौतम, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, कृषकहरु लगाएतका व्यक्तिहरुको सहभागितामा पालिकाले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाएको हो । रोपाइँ दिवस पलिकाले वडा नम्बर २ स्थित दोघरा टोलमा १० कठ्ठा जमिनमा धान रोप्दै मनाइएको हो ।…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउने

बर्दगोरिया गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउने

बौनिया। हरेक वर्ष असार १५ गतेका दिन मनाइने राष्ट्रिय धान दिवस कैलालीको बर्दगोरिया गाउँपालिकाले पनि मनाउने भएको छ । "जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि" भन्ने मुल नारा सहित गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउने भएको हो । पालिकाले बुधबार एक सूचना जारि गर्दै कृषि विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजित वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उक्त २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउने भएको बताएको छ । उक्त कार्यक्रम भोलि असार १५ गते पालिकाको वडा नम्बर २ स्थित दोघरा टोलमा बिहान ८ बजे मनाउने भएको छ ।
पुरा पढ्नुहाेस्
राष्ट्रिय युवा संघ द्वारा साहरा घरमा सहयोग

राष्ट्रिय युवा संघ द्वारा साहरा घरमा सहयोग

अषाड १४, बाैनिया । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कैलालीको आयाेजना र बर्दगाेरिया गाउकमिटिकाे संयाेजनमा शाहरा घरमा सहयोग हस्तान्तरण गरिएको छ । नविनता सृजनसिलता र गतिसिलताकाे नारा बाेकेर अगाडि बडिरहेकाे राष्ट्रिय युवा संघ नेपालले बिहीबार आफ्नो मातृपार्टि नेकपा एमालेकाे मुल सिद्धान्त जनताको बहुदलीय जनवाद (जवज) का प्रतिपादक मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसर पारेर साे सामाग्री हस्तान्तरण गरेको हाे । बर्दगाेरिया गाउपालिका वडा नम्बर २ काे बर्दगाेरिया धार्मिक क्षेत्रमा रहेको शाहरा घरमा हाल करिब ८५ जना असाहय अपांग सडक जीवन व्यतीत गरिरहेका हरुले जीवन व्यतीत गरिरहेका छन् ।राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँ कमिटी अध्यक्ष राम भट्टको अध्यक्षतामा…
पुरा पढ्नुहाेस्
आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ मनाउँदै: देशभर सार्वजनिक बिदा

आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ मनाउँदै: देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ यो पर्व मनाउँदै छन् । यस अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ । नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरकाे बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने…
पुरा पढ्नुहाेस्