बर्दगोरिया गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित

१७, असार २०८० ।

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ बर्दगोरिया गाउँपालिका खोप समन्वय समितिले आइतबार सरोकारवाला निकायको उपस्थितिमा एक कार्यक्रमको आयोजना गर्दै पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो ।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य कार्यालय कैलाली प्रमुख लाल बहादुर धामी रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै धामीले यस वर्ष पुर्ण खोप अन्तरगत कैलाली जिल्ला १३ वटा पालिका मध्य बर्दगोरिया गाउँपालिका तेस्रो स्थानमा आउन सकेको बताए । उनले भने विगतका वर्ष भन्दा यो वर्ष पालिकाले स्वास्थ्य क्षेत्रमा थप सुधार आएको छ, र आगामी दिनमा पनि यसरी नै अगाडि बढ्न अनुरोध गरे ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले आफुले गर्न सके जति शिक्षा, स्वास्थ्य लगाएका क्षेत्र लाई प्रमुख प्राथमिकता मा राखेको र अझै आगामी दिनमा थप व्यवस्थित तरिकाले अगाडि बढ्ने बताए । यस्तै स्वस्थ्य क्षेत्र निकै संबेदनसिल क्षेत्र भएकोले कसैको स्वास्थ्यमा खेलवाड हुने कार्य नगरी एक जिम्मेवार नागरिकको भुमिका खल्न समेत सम्पुर्ण स्वास्थ्य कर्मी हरुमा अनुरोध गरे ।

यस्तै विशिष्ट कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिह कार्की, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, स्वास्थ्यकर्मी, पत्रकार लगाएको सहभागिता थियो ।

पुर्ण खोप सुनिश्चितताका लागि पालिकाले पहिलो चरणमा स्वास्थ्यकर्मी बाट चैत्र र बैशाख महिनामा घरधुरी सर्वेक्षण गरिएको उमेर समुहका सबैलाई खोप लगाइ सकिएपछि पालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावलले जानकारी दिए ।

उनका अनुसार पालिकामा १ देखि ६ वटै वडाका शुन्य देखी २३ महिना मुनिका सबै १७ सय बढी बालबालिकाहरुले खोप पाइसकेकाले पालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार