कैलालीको बर्दगोरियामा भुमिहीनहरुलाई जग्गा धनी पुर्जा वितरण कार्यको शुभारम्भ

बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ बाट भूमिहीन दलित, भुमिहिन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण कार्य सुरु भएको छ ।

शनिवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, कैलाली भुमी आयोगका अध्यक्ष यज्ञराज उपाध्याय ,प्रतिनिधि सभा सदस्य अरुण चौधरी ,प्रदेश सभा सदस्य रामेश्वर चौधरी र बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले वडा नम्बर ३ का ३ जना भुमिहिन दलित र २ जना भुमिहिन सुकुम्बासीलाई जग्गा धनी लालपुर्जा बितरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री रन्जिता श्रेष्ठले आगामी ६ महिना भित्र कैलाली जिल्लामा नाप नक्साको काम सक्ने गरि अगाडी बढ्न जिल्ला भुमी आयोगलाई निर्देशन दिनुभएको छ ।

साथै मन्त्री रन्जिता श्रेष्ठले देशभरिकै भुमी सम्बन्धी समस्या छ,सबैको समस्या चाडै समाधान गर्ने तर्फ आफुहरु लागि रहेको बताउनु भयो ।

देशको अन्य भुभागमा रहेका सबै भूमिहिन नेपाली जनतालाई जग्गाको स्वामित्व र लालपुर्जा क्रमश उपलब्ध गराउदै जाने प्रतिवद्ध व्यक्त गर्नु भयो । संविधानले दिएको अधिकार अनुसार अब कोहि पनि नेपाली भूमिहिन हुनुनपर्ने मन्त्री रन्जिता श्रेष्ठले बताउनु भयो ।

उहाले भूमिहिनहरुलाई जग्गाको लालपुर्जा दिन राष्ट्रिय भुमि आयोगले ७७ वटै जिल्लामा काम गरिरहेको पनि बताउनु भयो ।

उहाले भन्नुभयो, ‘तराईमा कमैया प्रथा उन्मुलन भएको २३ वर्ष भयो तर सुन्दापनि अचम्म लाग्छ।  अब हाम्रो लक्ष्य ति भुमिहिन कमैया ,कमलरी र दलित परिवारलाई जग्गाको लालपुर्जा दिनु पनि हो ।  राष्ट्रिय भूमि आयोग र जिल्लास्थित भूमि आयोगले कार्य अगाडी बढाएको जानकारी गराउन चाहन्छु ।

यसअघिका आयोगले अधुरा राखेका काम र अहिले नाप नक्सा तयार भएकाहरुलाई क्रमशः पुर्जा वितरण गर्दै जाने भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए ।

कार्यक्रममा जिल्ला भुमी आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले बिगत लामो समय देखिको भुमिहिन सुकुम्बासीको समस्या थियो त्यो आज बर्दगोरियाका जनताले जग्गा धनी पुर्जा पाउदा केही हदसम्म समस्या समाधान गर्न सुरुवात भएको बताउनु भयो ।

साथै जिल्ला भुमी आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले आगामी ६ महिना भित्रै कैलाली जिल्लामा नाप नक्साको काम सकेर सबैलाई जग्गा धनी पुर्जा उपलब्ध गराउने तर्फ जिल्ला भुमी आयोग लागिरहेको बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै बर्दगोरिय गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकाका सबै जनप्रतिनिधि र कर्मचारीको अथक मेहनत र परिश्रमले वडा नम्बर ३ मा लालपुर्जा बितरण गर्न सफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो पहिलो चरणमा हामिले वडा नम्बर ३ का ५ जना भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई लालपुर्जा बितरण गरेका छौ । आगामी ६ महिना होईन हामिलाई काम गर्न दिनुहोस हामी ३ महिनामा नै बर्दगोरियाको नाप नक्साको काम सक्ने गरि अगाडी बढ्ने पालिका अध्यक्ष कर्ण कुँवरले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

आगामी दिनमा नाप नक्सा नभएका क्षेत्रमा नाप नक्सा गर्ने र नाप नक्सा भएका भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुलाई जग्गाधनी पुर्जा बितरण गर्न जिल्ला भुमी आयोग संग पहल थाल्ने बताउनु भयो ।

कार्यक्रममा कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अरुण चौधरी , सुदुरपस्चिम प्रदेश कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा ख का प्रदेश सदस्य रामेश्वर चौधरी , नापी बिभागका महानिर्देशक जनकराज जोशी ,बर्दगोरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरि र नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा निर्बतमान प्रतिनिधि सभा सदस्य रेशम चौधरी लगाएतकाले लामो समय सम्म भोक गर्दै आएका भुमिहिन दलित,कमैया र भुमिहिन सुकुम्बासीलाई तत्काल जग्गा धनी लालपुर्जा उपलब्ध गराउन तिनतहकै सरकारले काम थाल्नु पर्ने माग गरेका छन ।

कार्यक्रमको संचालन स्थानिय सरकारका प्रबक्ता मिथुन गौतमले गर्नु भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार