बर्दगोरिया गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउने

बौनिया। हरेक वर्ष असार १५ गतेका दिन मनाइने राष्ट्रिय धान दिवस कैलालीको बर्दगोरिया गाउँपालिकाले पनि मनाउने भएको छ ।

“जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने मुल नारा सहित गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउने भएको हो ।

पालिकाले बुधबार एक सूचना जारि गर्दै कृषि विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजित वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उक्त २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउने भएको बताएको छ ।

उक्त कार्यक्रम भोलि असार १५ गते पालिकाको वडा नम्बर २ स्थित दोघरा टोलमा बिहान ८ बजे मनाउने भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार