राष्ट्रिय युवा संघ द्वारा साहरा घरमा सहयोग

अषाड १४, बाैनिया ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कैलालीको आयाेजना र बर्दगाेरिया गाउकमिटिकाे संयाेजनमा शाहरा घरमा सहयोग हस्तान्तरण गरिएको छ ।

नविनता सृजनसिलता र गतिसिलताकाे नारा बाेकेर अगाडि बडिरहेकाे राष्ट्रिय युवा संघ नेपालले बिहीबार आफ्नो मातृपार्टि नेकपा एमालेकाे मुल सिद्धान्त जनताको बहुदलीय जनवाद (जवज) का प्रतिपादक मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसर पारेर साे सामाग्री हस्तान्तरण गरेको हाे ।

बर्दगाेरिया गाउपालिका वडा नम्बर २ काे बर्दगाेरिया धार्मिक क्षेत्रमा रहेको शाहरा घरमा हाल करिब ८५ जना असाहय अपांग सडक जीवन व्यतीत गरिरहेका हरुले जीवन व्यतीत गरिरहेका छन् ।राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँ कमिटी अध्यक्ष राम भट्टको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि संगठनका जिल्ला अध्यक्ष लक्ष्मण थापा र विशिष्ट अतिथि शाहरा घरका संचालक एवम् संस्थापक बल बहादुर बिष्ट रहनु भएको थियो । साे अवसरमा राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला काेषाध्यक्ष अपेक्षा राेकाया,लम्किचुहा नगरकमिटि अध्यक्ष नकुल बम, टिकापुर नगर कमिटी अध्यक्ष बम लगायत राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ता हरुकाे सहभागीता रहेकाे थियो ।

साे अवसरमा शाहरा घरलाई चामल ,तरकारी ,फलफूल र चिसाे पेय पदार्थ हस्तान्तरण गरियकाे जिल्ला कमिटीका निवर्तमान सदस्य तारामान कुवरले जानकारी दिनु भएको छ । जिल्ला सह सचिव छत्र बुडाले सञ्चालन गरेको कार्यक्रम राष्ट्रिय युवा संघ नेपालका नेता तारामान कुवरकाे स्वागत मन्तव्य संगै सुरु भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार