आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ मनाउँदै: देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ यो पर्व मनाउँदै छन् । यस अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।

आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ ।

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरकाे बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार