सुदुरपश्चिम विशेष

कैलालीमा विङ्गर दुर्घटना, ३ जना घाइते

कैलालीमा विङ्गर दुर्घटना, ३ जना घाइते

कैलाली । कैलाली सवारीमा दुर्घटना ३ जना घाइते भएका छन । जिल्लाको धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा विङ्गर पल्टिएर दुर्घटना हुँदा ३ जना घाईते भएका हुन् । ६ लेनको सडकखण्ड अन्तरगत गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पम्प नजिक अत्तरियाबाट धनगढी तर्फ आउदै गरेको से.१ ज १०८४ नम्बरको विङ्गर अनियन्त्रीत भइ दुर्घटना हुन पुगेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाईते हुनेमा गौरीगंगा नगरपालिका–१ का ४५ वर्षीय मोतिलाल चौधरी, सोही स्थानका ५५ वर्षीय विष्णु चौधरी र गोदावरी नगरपालिका–१ का २१ वर्षीय रमेश कामी रहेका छन् । उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते तीनैजना को अवस्था सामान्य रहेको प्रहरीले जनाएको…
पुरा पढ्नुहाेस्
आज गौरा पर्व; सुदुरपश्चिममा हर्षोल्लासका साथ मनाइँदै

आज गौरा पर्व; सुदुरपश्चिममा हर्षोल्लासका साथ मनाइँदै

कैलाली । आज गौरा पर्व । सुदुरपश्चिम प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ। गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ। प्रदेश बाहिर र विदेशमा समेत बसोबास गर्ने सुदूरपश्चिमेलीले यो पर्व मनाउने गर्दछन। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्। भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा…
पुरा पढ्नुहाेस्
गौरा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले दियो दुई दिन सार्वजनिक विदा

गौरा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले दियो दुई दिन सार्वजनिक विदा

कैलाली । गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा भोली र पर्सि भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । ति दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो । गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ । यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान…
पुरा पढ्नुहाेस्
गुरही पर्वको अवसरमा रक्त दान कार्यक्रम

गुरही पर्वको अवसरमा रक्त दान कार्यक्रम

सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा गुरही पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको पहिलो पर्व गुरही पर्वको अवसरमा घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्यसमितिको आयोजनामा घोडाघोडी नगरपालिका-१ मा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त  रक्तदान कार्यक्रममा ५० युनिट रगत सङ्कलन भएको नगर स्तरीय भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । रक्तदान कार्यक्रमले रगत अभावका कारण बिरामीले ज्यान गुमाउने गरेको र यसले गर्दा केही राहत पुग्ने उनले बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको प्राविधिक सहयोगमा नगर स्तरीय भलमन्सा कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा गुरही असरैना कार्यक्रम सम्पन्न (तस्बिर)

बर्दगोरिया-६ मा गुरही असरैना कार्यक्रम सम्पन्न (तस्बिर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर -६ मा “थारु भाषा, सांस्कृति हमार पिहचान; संरक्षण ,संवद्वन कर्ना हमार अभियान " भन्ने नाराका साथ थारु समुदायको पहिलो तिहार गुरही असरैना कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । पालिकाको वडा नम्बर ६ मा अवस्थित श्री जनजागरण युवा क्लबको आयोजना भएको उक्त थारु समुदायको पहिलो तिहार गुरही असरैना कार्यक्रम सोमबार भव्यरुपमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका भुमी व्यवस्था तथा कृषि सहकारीका मन्त्री रामेश्वर चौधरी रहेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले युवा क्लबले आफ्ना पुराना परम्परालाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको भन्दै धन्यवाद व्यक्त गरे ।…
पुरा पढ्नुहाेस्
कैलालीको एक कस्मेटिक पसलमा आगलागी

कैलालीको एक कस्मेटिक पसलमा आगलागी

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका–५ पिपल चौतारामा रहेको एक कस्मेटिक पसलमा आगलागी भएको छ । ३९ वर्षीया तृप्ती जोशीले सञ्चालन गरेको तृप्ती कस्मेटिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा १२ लाख बढीको क्षति भएको बताइएको छ  ।पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ।
पुरा पढ्नुहाेस्
आज गुरही पर्व; ११ पालिकाले दिए स्थानीय विदा

आज गुरही पर्व; ११ पालिकाले दिए स्थानीय विदा

कैलाली । आज थारुहरुको पहिलो तिहार गुरही पर्वको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका सहित जिल्लाका ११ पालिकाले स्थानीय बिदा दिएका छन। उक्त स्थानीय बिदामा गाउँपालिका/नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा स्थानीय बिदा हुने भएको छ । १३ पालिका रहेको कैलाली जिल्लाका पहाडी पालिका मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाले स्थानीय बिदा दिएका छैनन् ।
पुरा पढ्नुहाेस्
लम्कीचुहा-१० ले भन्यो सडक छेउछाउमा पशुचौपाया नबाध्नुस

लम्कीचुहा-१० ले भन्यो सडक छेउछाउमा पशुचौपाया नबाध्नुस

बर्दगोरिया । कैलालीको लम्कीचुहा नगरपालिकाका वडा नम्बर १० ले सडक छेउछाउमा पशुचौपाया नवाँध्न तथा भौतिक संरचना निमार्ण सामाग्री नथुर्पान अनुरोध गरेको छ । वडाले आज एक सुचना सार्वजनीक गर्दै वडा भित्रका सडक छेउछाउमा ढुङ्गा ,बालुवा नथुपार्न, घरपालुवा पशुचौपाया नबाध्न अनुरोध गरेको हो । साघुरो सडक भएका कारण सडक छेउछाउमा भवन निमार्ण सामाग्री तथा पशुचौपाया वाँध्नाले सडक दुर्घटनाको जोखिम बढेको वडा अध्यक्ष हर्क बहादुर कठरियाले बताए । उनले भने सडक दुर्घटना न्यूनिकरण गर्दै सुन्दर वडा बनाउने उद्देश्यका साथा सडक छेउछाउमा पशुचौपाया नवाँध्न तथा भौतिक संरचना निमार्णका सामाग्री नथुर्पान आज एक सूचना मार्फत सम्पुर्ण वडा बासीहरुलाई जानकारी दिएका छौं । उक्त सुचनाको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर

बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीकुण्डा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति गृहको उद्घाटन गरिएको छ । आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सो प्रसुती गृहको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले नागरिकका समस्यानै आफ्ना समस्या भयको बताउदै कुनैपनि नागरिकलाई आधारभूत सेवा-सुबिधा र अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो ।   पालिका अध्यक्ष कुँवरले भन्नुभयो पिछडिएको वडाको रुपमा रहेको ३ नम्बर वडालाई बिकास गर्न आफू निरंतर लागी परेको छु । साथै यश क्षेत्रका जनताले समस्या भोग्न नपरोस् भन्दै चाडै एम्बुलेन्स उपलब्ध गराउने बताउनु भयो । नव निर्मित प्रसुति भवनको उद्घाटन गर्दै अध्यक्ष कुँवरले बर्थिङ…
पुरा पढ्नुहाेस्
भिमदत्त राजमार्ग सञ्चालन गर्न मन्त्री ज्यालाले दिए मातहतका निकायलाई निर्देशन

भिमदत्त राजमार्ग सञ्चालन गर्न मन्त्री ज्यालाले दिए मातहतका निकायलाई निर्देशन

कैलाली । पहिरोले अवरुद्ध हुनपुगेको भिमदत्त राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री ज्वालाले हिजो मात्रै पहिरो प्रभावित भीमदत्त राजमार्गको स्थलगत अनुगमन गर्दै सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण राजमार्ग अवरुद्ध भएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए । गत साउन २२ गते राति परेको अविरल वर्षा सङ्गै गएको पहिरोले सडकसमेत भाँसिदा झण्डै एक हप्तासम्म भीमदत्त राजमार्गमा आवागमन ठप्प भएको थियो । पहिरो पञ्छाई केही समय यातायात आंशिकरुपमा सञ्चालन गरिए पनि पहिरो जाने क्रम नरोकिँदा समस्या भइरहेको छ । उक्त सडक खण्डमा पहिरो पञ्छाउने काम आजसम्म पनि जारी छ । खण्डमा दुई…
पुरा पढ्नुहाेस्