गुरही पर्वको अवसरमा रक्त दान कार्यक्रम

सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा गुरही पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

थारु समुदायको पहिलो पर्व गुरही पर्वको अवसरमा घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्यसमितिको आयोजनामा घोडाघोडी नगरपालिका-१ मा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त  रक्तदान कार्यक्रममा ५० युनिट रगत सङ्कलन भएको नगर स्तरीय भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए ।

रक्तदान कार्यक्रमले रगत अभावका कारण बिरामीले ज्यान गुमाउने गरेको र यसले गर्दा केही राहत पुग्ने उनले बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको प्राविधिक सहयोगमा नगर स्तरीय भलमन्सा कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार