कैलालीको एक कस्मेटिक पसलमा आगलागी

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका–५ पिपल चौतारामा रहेको एक कस्मेटिक पसलमा आगलागी भएको छ ।

३९ वर्षीया तृप्ती जोशीले सञ्चालन गरेको तृप्ती कस्मेटिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा १२ लाख बढीको क्षति भएको बताइएको छ  ।पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार