श्री असल महिला कृषि सहकारी संस्थाको ११ औ वार्षिक साधारणसभा सम्पन्न
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीवार संस्थाका अध्यक्ष पार्वती साउदको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) रहेका थियो भने विशिष्ट अथितिमा वडा नम्बर ६ का वडा सदस्य नेहा कुमारी चौधरी रहेकी थिइन । साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले सहकारीलाई आफुले बिगत देखि नै वडाको तर्फबाट सहयोग गर्दै आएको बताए । सहकारीको कार्यक्षेत्र आफ्नो वडामा समेत भएकोले आफू जुनसुकै समयमा पनि सहकारीलाई सहयोग…














