सेती राजमार्ग अन्तरगत बौनिया-टिकापुर सडक खण्डको काम सुरु
बौनिया । सुदूरपश्चिम प्रदेशको गौरबको आयोजना सेती राजमार्ग अन्तर्गत कैलालीको बौनियाँ–टिकापुर सडकखण्ड स्तरउन्नतिको काम सुरु गरिएको छ । बौनियाँ बजारबाट साढे ४ किलोमिटर दक्षिणतर्फ कंक्रिट वाल, सडक नाली तथा सडक भरानको काम शुक्रबाट सुरु गरिएको हो । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उक्त सडकको शिलान्यास गरेसँगै सडक बन्ने भएको हो । सेती राजमार्गमो कुल २९६ किलोमिटर सडकमध्ये ४.५ किलोमिटर दक्षिण खण्डको स्तरउन्नति गर्न लागिएको पालिका अध्यक्ष कुँवरले बताए । उनले भने, ‘सहर तथा बस्ती भएको ४.५ किलोमिटर सडक निर्माण गर्न लागिएको बताए । आज बाट निर्माण सुरु भइ असारमसान्तसम्म निर्माण गरेर सक्नु पर्ने निर्माण कम्पनीका शिवराज सापकोटाले बताए ।…















