
कैलाली । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसीएल नेपाल बर्दगोरिया गाउँ कमिटीको चौथो सम्मेलन सम्पन्न भएको छ । बिहीवार बौनियामा सम्पन्न सम्मेलनले भक्त सदासंकरको नेतृत्वमा २५ सदस्यीय पालिका स्तरीय कमिटी चयन गरेको हो।

कमिटीको अध्यक्षमा भक्त सदासंकर,उपाध्यक्षमा नेहा चौधरी ,रामनारण चौधरी र बल बहादुर सोव, सचिबमा ललित रसाइली ,कोषाध्यक्षमा राजु चौधरी र सह- सचिब प्रशुराम चौधरी लगाएत २५ सदस्य नयाँ कमिटी चयन गरेको हो ।
निवर्तमान अध्यक्ष अमित चौधरीको सभाध्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश कमिटी सह-सचिब नन्द बहादुर साउद ,विशिस्ट अतिथिका रूपमा वाइसीएल नेपालका केन्द्रिय उपाध्यक्ष मिङ्मा देन्डु शेर्पा अतिथिमा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश कमिटी सचिबालय सदस्य गणेश राज गिरि रहेका थिए भने अतिथिका रूपमा प्रदेश कमिटी सदस्य तथा नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिका अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित ) लगाएत रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साउदले सुशासनको पक्षमा माओवादीले राखेको अडानले जनतामा गएको सकारात्मक सन्देश र कार्यकर्ताको उत्साहलाई शक्तिमा बदलेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन वाइसीएलको भूमिका महत्वपूर्ण रहेको बताउदै आगामी दिनमा संगठनलाई थप मजबुत बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने ‘ अबको वाइसीएल जहाँ युवा उभिन्छ त्यहाँ वाइसीएल देखिन्छ, जहाँ युवाहरूको मुद्दा ब्युतिन्छ त्यहाँ वाइसीएलको बलियो प्रतिबद्धता हुनुपर्छ।’उनले पछिल्लो समय जनताको साथ र सहयोगमा वाइसीएलको उपस्थिति कम्जोर देखिएको होकि भन्ने प्रश्न उब्जिएको हुँदा यसप्रति सचेत हुनेबेला आएको उनले बताए ।
