मोहन्याल-३ रक्तदान कार्यक्रम सम्पन्न 

बर्दगोरिया । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ३ फलेबिसौनामा रास्कोटी ठकुरी हरुको पारिवारिक संस्था मलय बम्म स्मृति अद्ययनन प्रतिष्ठान नेपाल लम्कीचुहा २ कैलालीको आयोजना र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा सोमबार एक दिने रक्तदान शिविर कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान  शिविरका आयोजक बम्म स्मृति प्रतिस्ठानका अध्यक्ष लिला जंग शाहीका अनुसार मोहन्याल गाउपालिकामा प्रहिलो पटक उक्त कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रम मलय बम्म स्मृति प्रतिस्ठान का अध्यक्ष लिला जंग शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मोहन्याल गाउपालिका का अध्यक्ष देविदत्त उपाध्याय र विशिष्ट अतिथिमा कार्यपालिका सदस्य नानी दमाई र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जनक राज गिरी रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथी हरु कार्यपालिका सदस्य नानी दमाई र जनकल्याण सामुदायिक वन उपभोक्ता समुह का अध्यक्ष जनक राज गिरी नेपाल रेडक्रस सोसाइटी उप शाखा दोदोधारा का सभापति लक्ष्मी प्रशाद जैसी, नेपाल पत्रकार महा संघ कैलाली शाखा सदस्य चन्द्र प्रशाद खनाल , शान्ति माध्यमिक बिधालय प्रधानाध्यापक मीन बहादुर दर्लामी, समाजसेवी भिम बहादुर बिक ,लगायतले शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रमको संचालन प्रतिस्ठान का सचिव खगेन्द्र शाहीले गरेका थिए । कार्यक्रम युवा समाजसेवी हिमाल शाहीले रक्तदान गरि कार्यक्रम को उदघाटन गरिएको थियो। कार्यक्रममा १८ प्वाइन्ट रगत संकलन भएको थियो । उक्त संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली शाखा को  रगत रक्त संचार केन्द्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले गरेको थियो ।

प्रतिस्ठान का अध्यक्ष लिला जंग शाहीले  मुनाफा रहित  सामाजिक  संस्थाले पिछडिएको मोहन्याल गाउपालिका मा शरीर बाट खेर जाने रगत र रगत अभावमा रहेका बिरामी लाई राहत अथवा सहयोग पुग्ने उदेश्यले मानव ले गर्ने दान मध्री रक्तदान महत्त्वपूर्ण भएकोले ग्रामीण क्षेत्रमा पनि रगतदान गर्नु पर्छ भन्ने सन्देश दिन लाई रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम को उदेश्य माथी प्रकाश पार्दै बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार