सुदुरपश्चिम विशेष

घोडाघोडी बहुमुखी क्याम्पसमा सामाजिक सेवाका मुद्दाहरू र अनुसन्धान पद्धति’ सम्बन्धि तीन दिने तालिम सुरु

घोडाघोडी बहुमुखी क्याम्पसमा सामाजिक सेवाका मुद्दाहरू र अनुसन्धान पद्धति’ सम्बन्धि तीन दिने तालिम सुरु

कैलाली । कैलालीकाे सुखडमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूका लागि ‘सामाजिक सेवाका मुद्दाहरू र अनुसन्धान पद्धति’ विषयक तीन दिने तालिम सुरु भएको छ । आज सोमबारदेखि कैलालीकाे घोडाघोडी नगरपालिका १, स्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा तालिम सुरु भएको हाे । विश्वविद्यालय अनुदान आयोग र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा घोडाघोडी बहुमुखी क्याम्पस अनुसन्धान विभागले तालिमको आयोजना गरेकाे हाे  । कैलाली, कञ्चनपुर र डाेटीका सामुदायिक क्याम्पसका प्राध्यापकहरूको क्षमता विकास गरि सामाजिक क्षेत्रमा अनुसन्धान र अध्ययन गर्नका लागि तालिम सञ्चालन गरिएकाे आयोजकले जनाएको छ । तालिममा कैलालीका मोहन्याल बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस र…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ मा विपन्न वर्गका नागरिकलाई बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया-३ मा विपन्न वर्गका नागरिकलाई बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले ३१ जना विपन्न वर्गलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । पालिकाको पशु सेवा शाखाले वडा नम्बर ३ मा रहेका विपन्न वर्गको आयआर्जनका लागि शनिबार पाठापाठी वितरण गरेको हो। शाखाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा रहेका दलित, एकल महिला ,मुक्तकमैया गरि ३१ जनालाई छनोट गरि उनीहरूको आयआर्जन उकास्न मद्दत पुराउने उदेश्यले निःशुल्क रूपमा बङ्गुरका पाठापाठी वितरण गरिएको शाखा प्रमुख जयप्रसाद कोइरालाले बताए । पालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले संयुक्त रूपमा उनीहरूलाई बङ्गुरका पाठापाठी वितरण गरेका थिए । सो…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा सरसफाइ तथा विपद् व्यवस्थापन सामाग्री वितरण

बर्दगोरियामा सरसफाइ तथा विपद् व्यवस्थापन सामाग्री वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सरसफाई तथा विपद् व्यवस्थापन सामाग्री वितरण गरिएको छ । पालिकाको वन वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजनामा शुक्रबार सरसफाई तथा विपद् व्यवस्थापन सम्बन्धिका सामाग्री वितरण गरिएको हो । उक्त सामाग्री पालिकाका १७ वटा सामुदायिक बिद्यालय, पालिकाका ६ वटै स्वास्थ्य कार्यालय, ६ वटै वडा कार्यालय, ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया, मुडा बजार र बौनिया बजार व्यवस्थापन समितीलाई वितरण गरिएको वन वातावरण तथा विपत व्यवस्थापन शाखाले जानकारी दिएको छ । शाखाका अनुसार सामुदायिक बिद्यालय, गाउँपालिका कार्यालय, वडा कार्यालय, प्रहरी कार्यालय, सामुदायिक स्वास्थ्य इकाई लगाएत बजारमा हुने फोहोर लाई व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त १ सय ७० ओटा…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा धान खेती सम्बन्धि १ दिने स्थलगत तालिम सम्पन्न

बर्दगोरियामा धान खेती सम्बन्धि १ दिने स्थलगत तालिम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा धान खेती सम्बन्धि १ दिने स्थलगत तालिम संचालन गरिएको थियो । सुदूरपश्चित प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र, कैलालीको आयोजनामा बिहिबार पालिकाको वडा नम्बर ५ को सभाहलमा उक्त १ दिने स्थलगत तालिम संचालन गरिएको थियो । तालिममा पालिका भरका विभिन्न कृषक समुहमा आवद्ध बृहत एवम् विशेष उत्पादन तथा औद्योगिकीकरणा कार्यक्रम (खाद्यान्न बाली) का सदस्य (कृषक) हरुको सहभागिता रहेको थियो । तालिममा कृषि कार्यलाई कसरी आधुनिकीकरण तर्फ लैजान सकिन्छ ? रासायनिक मलको मात्रा कसरी, कति र कहिले हाल्ने ? सरकारले कृषक हरुलाई कस्ता खाले अनुदानका कार्यक्रम ल्याउने गरेको छ…
पुरा पढ्नुहाेस्
सुनचाँदी व्यवसायी संघ बर्दगोरिया उपशाखाको अध्यक्षमा राम बिक्रम सिजापती

सुनचाँदी व्यवसायी संघ बर्दगोरिया उपशाखाको अध्यक्षमा राम बिक्रम सिजापती

बर्दगोरिया । नेपाल सुनचाँदी व्यवसायी संघ बर्दगोरिया उपशाखाको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन बिहीवार बौनियामा सम्पन्न भएको छ । अधिवेशन बाट ३ बर्षका लागि राम बिक्रम सिजापतिको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ उपशाखा बर्दगोरिया अध्यक्ष राजेश गौतमको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यसै गरि कार्यक्रममा बिशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदीप) र सुनचाँदी ब्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश सभापति सन्तोष लामिछाने रहेका थिए । सुनचाँदी व्यवसायी संघ उपशाखा बर्दगोरियाका वरिष्ठ उपाध्यक्ष राम बिक्रम सिजापतीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा पालिका स्तरीय आई.पि.भी. खोप अभियान सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बर्दगोरियामा पालिका स्तरीय आई.पि.भी. खोप अभियान सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा आई.पि.भि खोप अभियान २०८१ सम्वन्धि पालिका स्तरीय सरोकारवालाहरु सँग १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको सभाहलमा बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्थानीय जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुखहरु, संचारकर्मी र सरोकारवाला विच अभिमुखिकरण गरिएको हो । स्वास्थ्य सेवा कार्यालय बर्दगोरियाका प्रमुख मीन धामीले कार्यक्रमको उद्येश्य माथि प्रष्ट पार्दै उक्त खोपलाई कसरी सफल पार्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । आई.पि.भी. खोप आपुर्ति नभएको अविधमा यो खोप लगाउन छुट भएका बालवालिकाहरुलाई एक मात्रा आई.पि.भी.खोप दिएर ती बालवालिकामा पोलियो रोगको विरुद्ध प्रतिरोध क्षमता कायम गर्नु आई.पि.भी.खोप अभियानको लक्ष रहेको छ । खोप अभियान जेष्ठ…
पुरा पढ्नुहाेस्
कैलालीमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

कैलालीमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

कैलाली । कैलालीमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको गौरीगंगा नगरपालिका १ निवासी लालबहादुर बोहराका अन्दाजी ९ वर्षीया छोरा युबराज बोहरा रहेका छन । गौरीगंगा नगरपालिका १ गोप्का स्थित बाँकको नेपालगंज ७ का २६ वर्षीय शैलेन्द्र श्रेष्टले चलाएको बा.प्र.०२–०२८ प ४४६० नम्बरको मोटरसाईकलले मंगलवार दिउँसो ठक्कर दिँदा बालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाईते भएका बालकको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको हो। मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा नयाँ आधार नेपालको आयोजनामा १ दिवसीय अभिमुखिकरण कार्यशाला सम्पन्न

बर्दगोरियामा नयाँ आधार नेपालको आयोजनामा १ दिवसीय अभिमुखिकरण कार्यशाला सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नयाँ आधार नेपालले "समावेशी मञ्चका प्रतिनिधिहरूलाई जनवकालत सीप र नेतृत्व बिकास सम्बन्धि एक दिवसीय अभिमुखिकरण कार्यशाला" कार्यक्रम सम्पन्न गरेको छ । नयाँ आधार नेपालको आयोजना र द-फ्रीडम फण्ड को आर्थिक सहयोगमा आइतबार पालिकाको वडा नम्बर २ मा उक्त एक दिवसीय अभिमुखिकरण कार्यशाला सम्पन्न गरेको हो । अभिमुखिकरण कार्यशालामा समाजमा गएर जनवकालत कसरी गर्ने ? कानुनी व्यवस्था कस्तो छ ? समाजलाई कसरी नयाँ आधुनिक परिवेश तर्फ डोर्‍याउन सकिन्छ ? भन्ने आदि सम्बन्धि बालराम भट्टराईले प्रशिक्षण दिएका थिए । नयाँ आधार नेपालका अध्यक्ष बाल कुमारी सुनारको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यशालामा संस्थाका वडा…
पुरा पढ्नुहाेस्
कर्णाली चिसापानीमा एक जनाको शव बेवारिसे अवस्थामा फेला

कर्णाली चिसापानीमा एक जनाको शव बेवारिसे अवस्थामा फेला

बर्दगोरिया। कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा एक जना पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार आज दिउँसो करिव १२:३० बजे कर्णाली नदीको पश्चिम किनारामा अन्दाजी ५५/६० वर्ष एक पुरुषको शव फेला परेको हो । प्रहरीका अनुसार वर्ण गोरो, गोलो अनुहार भएको, नाक थेप्चो, फुलेका दाह्रि , जुंगा फुलेको, कान ठुला भएको, कम्मरमा कण्डे डोरी र जनाई लागाएको, घाटीमा सेतो रंगको सुर्के थैली भएको, माथिल्लो शरिरमा सेतो रंगको हाप टिसर्ट र तल्लो शरिरमा निलोमा सेतो रातो धर्के ट्राउजर लगाएको, उचाई ५ फिट ८ ईन्च,कपाल हल्का फुलेको पुरुषको शव फेला परेको र उक्त शवको पहिचान…
पुरा पढ्नुहाेस्
डोटीमा  एक जना मृत अवस्थामा फेला

डोटीमा  एक जना मृत अवस्थामा फेला

कैलाली । डोटीको जोरायल गाउँपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन्। समाचार स्रोतका अनुसार मृत्यु हुनेमा जोरायल गाउँपालिका-६ कि स्थानीय वासी ६४ वर्षीय यज्ञबहादुर छेडाल रहेका छ्न । उनी आइतवार मृत अवस्थामा फेला परेका हुन्। दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस  सम्बन्धमा ईलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्