राजनीति

प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए विश्वासको मत

प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन् भने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका छन्। आजको बैठकमा २७० सांसद उपस्थित थिए।  केसी र सुवालले छलफलकै क्रममा विपक्षमा मतदान दिने बताएका थिए। नेकपा (एमाले) सहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

काठमाडौं । आज संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।  नेपालको संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। जस अनुसार प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सहित १६९ सांसद्ले समर्थन गरेका थिए । विश्वासको मत लिन १३८ सांसद्को समर्थन चाहिन्छ । यता प्रधानमन्त्री प्रचण्डले साना ठुला सबै…
पुरा पढ्नुहाेस्
जसपा तत्काल सरकारमा नजाने

जसपा तत्काल सरकारमा नजाने

काठमाडौं । नयाँ सरकार निमार्ण संगै जनता समाजवादी पार्टी (जसपा)ले भने तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ। पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ । त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीले जनाएको छ । जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सरकारलाई समर्थन गरेकामध्ये तीन दल तत्काल सरकारमा सामेल नहुने भएका हुन् । राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय…
पुरा पढ्नुहाेस्
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज शपथ ग्रहण गर्ने

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज शपथ ग्रहण गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ । यसअघि हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेपछि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
पुरा पढ्नुहाेस्
(माओवादी केन्द्र) ले पार्टी पदाधिकारी बैठक बोलायो

(माओवादी केन्द्र) ले पार्टी पदाधिकारी बैठक बोलायो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सोमबार अहिले बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ’, माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ ।’ श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ । गठबन्धनको बैठकपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।
पुरा पढ्नुहाेस्
सरकार गठनको विषयमा सहमति; प्रधानमन्त्रीमा प्रचण्ड

सरकार गठनको विषयमा सहमति; प्रधानमन्त्रीमा प्रचण्ड

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ओली, माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी लगायतका नेताहरूको बैठकले सरकार गठनको विषयमा सहमति जुटाएको हो। आफूहरूको साथमा एक सय ६६ जना सांसद हुने एमाले र माओवादीको दाबी छ । सहमतिअनुसार अहिलेलाई प्रचण्ड प्रधानमन्त्री बन्नुहुनेछ, त्यसपछि एमालेले प्रधानमन्त्री पाउनेछ । त्यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि माओवादीका अध्यक्ष प्रचण्ड नयाँ गठबन्धन बनाउने भन्दै एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पुग्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमतसहित…
पुरा पढ्नुहाेस्
जनमत पार्टीका अध्यक्ष राउत बालकोट पुगे

जनमत पार्टीका अध्यक्ष राउत बालकोट पुगे

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी अध्यक्ष राउत ओलीको बोलावटमा आफू बालकोट आएको प्रतिक्रिया दिएका छन् ।  यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । सत्ता गठबन्धन टुटेसँगै एमालेले नयाँ सरकार बनाउनका लागि माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग छलफल अघि बढाएको हो ।
पुरा पढ्नुहाेस्
रास्वपा का सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन

रास्वपा का सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन भएका छन् । आज सोमबार बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । सो पार्टीका एक नेताले आज बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए । यस्तै दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । आज बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि सोही बैठकमा छलफल हुने एक नेताले बताए ।…
पुरा पढ्नुहाेस्
कैलालीमा ६३ प्रतिशत मत खस्यो

कैलालीमा ६३ प्रतिशत मत खस्यो

कैलाली । आज (मंसिर ४ गते) भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कैलाली जिल्लामा ६३ प्रतिशत मत खसेको छ  । सुदुरपश्चिम प्रदेश निर्बाचन कार्यालय धनगढीका प्रमुख निर्बाचन अधिकृत प्रेम भट्टका अनुसार आज भएको निर्वाचनमा कैलालीमा झण्डै ६३ प्रतिशत खसेको हो । उहाँले भन्नु भयो “ जिल्लाको सबै मतदान स्थलमा मतदान प्रक्रिया सम्पन्न भएको जानकारी आएको छ । केही ठाउँको मोटामोटी खसेको मत संख्या आएको छ । केही मात्रमा तलमाथि भए पनी झण्डै ६३ प्रतिशत मत खसेको अनुमान छ । पुर्ण विवरण केही समय पछस् आउछ ।” जिल्लाको पहाडी क्षेत्र बाट मतपेटीका ढुवानीमा समय लाग्ने भएकाले मतगणना भने भोली देखि शुरु हुन…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न, हेर्नुस् वडा सहितको विवरण

बर्दगोरियामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न, हेर्नुस् वडा सहितको विवरण

बौनिया । कैलालीको बर्दगोरियामा शान्तिपूर्ण तवरले मतदान प्रक्रिया सम्पन्न भएको छ । पालिकाको ६ वटै वडामा शान्तिपुर्ण हिसाबले मतदान भयो । यद्यपि केही वडामा भने सामान्य विवाद सृजना भएपनि निर्वाचन प्रक्रिया भने बिथोलिएन । प्रदेश सभा तथा प्रतिनिधि सभाको लागि आज भएको मतदान प्रक्रियामा कैलालीको बर्दगोरिया गाउँपालिकामा १४२१३ मत खसेको छ । बर्दगोरियामा २२ हजार १८१ जना मतदाता रहेका छ्न । यसअघि गत स्थानीय तहको निर्वाचनमा बर्दगोरियामा ६७.३९ प्रतिसत मत खसेको थियो । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा ४३५६, वडा नम्बर २ मा ४४३६, ३ मा ३०५७, वडा नम्बर ४ मा कुल मतदाता ३८८१, वडा नम्बर ५ मा ३८९४…
पुरा पढ्नुहाेस्