नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दैछ । पार्टीले आज दिउँसो १ बजेका लागि बैठक तय गरेको हो ।

बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपस्थित हुने पार्टी महासचिव रतन थापाले जानकारी दिएका छन ।

थापाका अनुसार ‘आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न बैठक बस्न लागेका हो ।

कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति आन्दोलित छ। सोही अनुसार पार्टीले अदालको फैसला लगत्तै हिजो नै नेपाल बन्दसम्मका कार्यक्रम अघि सारिसकेको छ ।

यद्यपि पार्टीले टीकापुर प्रकरण राजनीतिक भएको र अदालतको फैसलाप्रति कुनै टिप्पणी नरहेको बताएको छ।

यता डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले पनि अदालतको फैसलाबाट विचलित नभएको प्रतिक्रिया दिएका छन ।

उनले पुनरवलोकनको बाटो खुला रहेकाले फैसलाविरूद्ध जथाभावी टिप्पणी नगर्न समेत आग्रह गरेका थिए।

पार्टीका महासचिव थापाले भने – ‘हामीले ३ दिनभित्र गिरिशचन्द्र लालले दिएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छौं। त्यस्तै देवीराम शर्मा र संसदीय समितिले बुझाएको प्रतिवेदन पनि सार्वजनिक गरे हुन्छ,।’

तीन दिनभित्र पनि कुनै प्रतिवेदन सार्वजनिक नगरिए आन्दोलन लाई सशक्त बनाएर लैजानुपर्ने हुन्छ। आजैको बैठकले पुष्पकमल दाहाल नेतृत्वलाई दिएको समर्थन फिर्ता लिने निर्णय त गर्दैन।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार