बर्दगोरियाको १५ शैया दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढदै

बर्दगोरिया । बैशाख १५ गते उद्घाटन भएको १५ सैया दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढ्न थालेको छ । यतिखेर सामुदायिक अस्पतालमा नागरिकको बढ्दो विश्वसनीयताका कारण दोदोधरा अस्पतालमा स्वास्थ्य सेवा लिनेहरु बढ्न थालेका हुन ।

शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय कैलालीको सहयोगमा नसर्ने रोग सम्बन्धि एक दिने शिबिरमा स्वास्थ्य सेवा लिनेको भिड लागेको थियो ।

शुक्रबार दोदोधरा अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट मीन बहादुर धामी र दोदोधरा अस्पतालका डाक्टर तिर्थ ढुङ्गाना सहितको टोलिले प्रेसर, सुगर र सिकलसेलका साथै सामान्य रोगको निःशुल्क चेकजाच का साथै स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

जनतालाई घर आगनमा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यले संचालन गरिएको १५ शैया दोदोधरा अस्पतालमा नियमित स्वास्थ्य परिक्षण गराउनेको भिड लाग्ने गरेको छ ।

औषधि उपकरणको कमि भएता पनि असार मसान्तभित्र आवस्यक मेसिन र उपकरणहरू उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढेको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताउनु भयो ।

पालिका अध्यक्ष कुँवरले भन्नुभयो यस क्षेत्रमा बसोबास गर्ने सबै जनताले अब उपरान्त स्वास्थ्य सेवा लिन अन्यत्र जान पर्दैन । हामि जनताको सेवा गर्न आएका हौ त्यसैले हम्मिले जनतालाई घराअगनमै सेवा पुगोस भन्ने उद्देश्य अनुरुप दोदोधरा अस्पताल निर्माणमा तिब्रता दिदा आज सफल भएका छौ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार