कृष्ण प्रसाद ओझा,

बर्दगोरिया । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताको अध्यक्षतामा “खानेपानी तथा सरसफाई विषयगत समिति” को बैठक सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा सम्पन्न भएको छ ।

उक्त बैठकमा सहभागी भई लम्कीचुहा नगरपालिकाका तर्फबाट नगर प्रमुख सुशिला शाहीले सबै वडामा आवश्यक खानेपानी आयोजनाहरूको सुनिश्चितता गर्न माग गर्दै ध्यानाकर्षण गराउनु भएको छ । नगर प्रमुख शाहीले नगरका विभिन्न वडामा अझै पनि सुरक्षित र नियमित खानेपानी सेवाको अभाव रहेको उल्लेख गर्दै दीर्घकालीन समाधान सहितका योजनाहरू कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।

बैठकमा मन्त्री मेहताले खानेपानी तथा सरसफाई क्षेत्रलाई प्राथमिकतामा राखी आवश्यक बजेट तथा कार्यक्रममार्फत समस्या समाधानतर्फ सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै स्थानीय तहसँग समन्वय गर्दै नागरिकलाई सहज र स्वच्छ खानेपानी उपलब्ध गराउन पहल गरिने जानकारी दिनुभएको छ।
लम्कीचुहा नगरपालिकाले उठाएको मागप्रति मन्त्रालय सकारात्मक देखिएको र आगामी कार्यक्रम तथा बजेटमा सम्बोधन हुने अपेक्षा गरिएको छ ।















