अध्यादेश पारितको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वरा बौनियामा बिरोध प्रदर्शन
बर्दगोरिया । नागरिक उन्मुक्ति पार्टीले नेपाल सरकारले जारी गरेको अध्यादेश पारितको माग गर्दै बौनियामा बिरोध प्रदर्शन गरेको छ । टिकापुर घटनाका दोषी भनिएका रेशम चौधरी सहित अन्य राजबन्दिहरुलाई रिहाई गर्न नेपाल सरकारले अध्यादेश जारी गरेको थियो । नेपाल सरकारले ल्याएको अध्यादेशले विभिन्न मुद्दामा दोषी ठहरिएका अहिले जेल जीवन बिताईरहेका व्यक्तिलाई आम माफी दिन ल्याईएको भन्दै कतै बिरोध समेत भइ रहेको छ । तर नागरिक उन्मुक्ति पार्टीले यसको स्वागत गर्दै तत्काल पारित नभए गर्दै संघर्षका कार्यक्रम गर्ने जनाएको छ । नेपाल सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि रास्ट्रपति समक्ष पेश गरिएको छ । शुक्रबार नागरिक उन्मुक्तिले बौनिया बजारमा समेत नाराबाजी गर्दै र्याली…