जोशीपुर गाउपालिकाले ल्यायो सिकलसेल रोग चेकजाँच गर्ने मेसिन/चाडै सुचारु गर्न अध्यक्ष चौधरिको निर्देशन

जोशिपुर । कैलालीको जोशीपुर गाउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले सिकलसेल एनिमिया रोग चेकजाँच गर्ने मेसिन ल्याएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश आपुर्ती केन्द्र महाशाखा प्रमुख निरज अर्याल र सेति प्रादेशिक अस्पतालका डा. प्रदिप मिश्रले जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई मेसिन हस्तान्तरण गरेका हुन ।

जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, उपाध्यक्ष रेखा देवि कठरिया, वडा अध्यक्षहरु, वडा सदस्यहरु, स्वास्थ्य कर्मीहरुको उपस्थितिमा मेसिन हस्तान्तरण भएको हो ।

स्थानिय स्तरमा सिकलसेल रोगको चेकजाँच निशुल्क रुपमा हुनु जोशीपुरको लागि खुशीको कुरा भएको डा. प्रदिप मिश्रले बताए । थारु जातिको बाहुल्यता रहेको पालिकामा यो सिकलसेल रोग पनि विशेष गरि थारु समुदायका मानिसमा लाग्ने भएकोले यस क्षेत्रको लागि यो मेसिनको आवश्यकता एकदमै रहेको थियो ।

जोशिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिकलसेल उपचार तथा परामर्श केन्द्र भनेर कार्यसेवा विस्तार गर्न सके वढि प्रभावकारी रहने आकलन गरिएको छ।

यो सिकलसेल रोग बंशाणुगत सर्ने भएकोले यो रोगको विषयमा स्वास्थ्यकर्मीहरुले सके सम्म विद्यालयमा गएर सन्देश मूलक कार्यक्रम चलाउन आवश्यक छ ।

आफ्नो जन्मस्थल क्षेत्र भएकोले यस ठाउँको स्वास्थ्यका साथै अन्य विकासमा क्षेत्रमा समेत टेवा पुर्याउन आफ्नो अहम भुमिका रहने डाक्टर मिश्रले बताए ।

यस क्षेत्रका जनताहरुले सिकलसेल रोगको चेकजाँच गर्न अब उपरान्त बाहिर जानू पर्ने छैन । स्थानीय जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि सिकेलसेल रोग जाच गर्ने मेसिन ल्याईएको गाउपालिका अध्यक्ष चित्र बहादुर चौधरिले बताए ।

स्थानीय जनतालाई स्वास्थ्यसेवा दिई यो सिकलसेल एनेमिया रोग जरै देखि निर्मूल पार्नका लागि स्वास्थ्यकर्मीलाई दिनरात लाग्न डाक्टर मिश्रले आग्रह गरेका छन ।

त्यसै गरि डा.निरज अर्यालले यो मेसिन चलाउन जनशक्तिको अभाव र ल्यावको तापक्रम मेन्टेनमा चुनौति समेत रहेको बताए । डाक्टर अर्यालले जोशिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक परेमा प्रदेश सरकारबाट स्वास्थ्य सामग्री सहित औषधि सहयोग गर्ने बताए ।

त्यसै गरि पालिका अध्यक्ष चित्र बहादुर चौधरीले जोशीपुरको स्वास्थ्य क्षेत्रमा थप सेवा विस्तारमा प्रदेश आपुर्ती केन्द्रले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरेका छन । साथै प्राथमिक स्वास्थ्य केन्द्रले यथासिघ्र मेसिन सुचारु गर्न के कुराको आवश्यक पर्छ आफुलाई जानकारी गराउन आग्रह गरेका छन । स्वास्थ्यका क्षेत्रमा कुनै कसर बाकी नराख्ने बताउदै यश कार्यमा सबैले सहयोग गर्न आवश्यक समेत रहेको बताए ।

तस्बिर जोशिपुर अनलाइन बाट साभार

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार