बर्दगोरिया-६ मा भव्य रुपमा मनाइयो २८ औं जनयुद्ध दिवस (फोटो सहित)

१, फागुन २०७९ कैलाली । नेकपा माओवादी बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले २८ औं जनयुद्ध दिवस मनाएको छ । “सन्सारका मजदुर एक हौं” भन्ने मुल नारा सहित २८ औं जनयुद्ध दिवस वडाको सुगुरखाल स्थित भक्तिनियाडाडामा भव्य रुपमा मनाइएको हो ।

 कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य बिमला सिह प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै उनले जनयुद्धकै बलमा देशमा राजनीतिक परिवर्तन आएको दाबी गर्दै त्यसको परिवर्तनको रक्षाका लागि सबैले एक जुट भएर लाग्नु पर्नेमा जोड दिइन  । साथै माओवादीले तत्कालीन समय जनयुद्ध सञ्चालन नगरेको भए अहिलेको संघीयता, गणतन्त्र, समावेशीजस्ता राजनीतिक उपलब्धि प्राप्त हुनै नसक्ने बताउदै अहिले देशनै माओवादी केन्द्रको हातमा रहेकोले देशलाई आर्थिक समृद्धिमा कसरी लिने तथा सरकारलाई कसरी सफल पार्ने भन्ने विषयमा सबैको ध्यान दिनु पर्ने बताईन ।

यस्तै कार्यक्रममा बिशिष्ट अतिथि माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सदस्य राम कृष्ण डगौरा थारु, बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद, उपाध्यक्ष ध्वज बहादुर सुनार रहेका थिए ।

१ फागुन २०५२ मा जनयुद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते नेकपा माओवादीले जनयुद्ध दिवसको रुपमा भव्य रुपमा मनाउँदै आएको छ ।

२०६२/०६३ को जनआन्दोलनसँगै ५ मंसिर ०६३ को विस्तृत शान्ति सम्झौतापछि औपचारिक रूपमा माओवादीले युद्ध अन्त्यको घोषणा गरेको थियो । माओवादी युद्धमा करिब १७ हजार नेपालीले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।

यस्तै कार्यक्रममा जनयुद्धको समयमा आफ्नो ज्यान दिइ देश निर्माणमा आफ्नो अमुल्य बलिदान दिएका सहिद परिवारका सदस्य हरुलाई सम्मान समेत गरिएको थियो । यस्तै जेल जिवन बिताएका, घाइते अपांग भएका नागरिक हरुलाइ सम्मान गरिएको थियो ।

वडा कमिटी अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार