दिगो बिकास समाज भजनीको बर्दगोरियामा परिचयात्मक तथा समन्वयात्मक कार्यशाला गोष्ठी सम्पन्न

बौनिया । दिगो बिकास समाज भजनी कैलालीले बर्दगोरिया गाउपालिकामा पालिका स्तरिय परियोजना परिचयात्मक तथा सरोकारवाला संग समन्वयत्माक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

दिगो बिकास समाज भजनीले लुथरन विश्व फेडरेशन नेपालको सहयोगमा पालिकाको ४,५ र ६ नम्बर वडामा विभिन्न सिपमुलक तथा कृषिका क्षेत्रमा सहयोग तथा समन्वय कार्यक्रम गर्दै आएको छ ।

दिगो बिकास समाज भजनी कैलालीले आज एक कार्यक्रमका बिच पालिकामा २०७९/०८० मा संचालन हुन लागेका विभिन्न कार्यक्रम तथा सहयोगका बारेमा जानकारी गराएको हो ।

कार्यशाला गोष्ठीमा गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स-साना योजना भन्दा ठुला तथा प्रभाबकारी योजनालाई अगाडि बढाउन आग्रह गर्नु भयो । साथै गोष्ठीमा पालिका अध्यक्ष कुँवरले आगामी दिनमा हुने कार्यक्रममा बजेट बनाउदा पालिका संग सहकार्य गरेमा पालिकाले पनि सहयोग गर्ने बताउनु भयो ।

यस्तै कार्यशाला गोष्ठीमा पालिका उपाध्यक्ष गणेश राज गिरिले दिगो बिकास समाज भजनिले गरेका काम उत्कृष्ट भएता पनि स सानो बजेट हुदा प्रभाबकारी नहुने बताउदै आगामी बर्षमा अलि ठुला योजना ल्याउनु पर्ने बताउनु भयो ।

कार्यशाला गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्किले दिगो बिकास समाज भजनिले आगामी दिनमा पालिका संग सहकार्य गरि बजेट बिनियोजित गर्दा सल्लाह गर्न आवस्यक रहेको औल्याउनु भयो ।

कार्यशाला गोष्ठीमा पालिका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि संगै वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु लगाएतको सहभागिता रहेको थियो ।

दिगो बिकास समाज भजनिले यश बर्ष बर्दगोरियाका ३ वटा वडामा विभिन्न क्षेत्रमा करिब ५ लाख ७८ ह्जार बराबरको कार्यक्रम गर्ने योजनाका बारेमा जानकारी गराएको थियो।
दिगो बिकास समाज भजनिले यो भन्दा पहिले पनि कोरोनाका बेला पालिकालाई करिव १०/१२ लाख बराबरको स्वास्थ्य सामग्री समेत सहयोग गरेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार