तराईमा हुस्सु; उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

२९, माघ २०७९ काठमाडौं । सुदूरपश्चिम प्रदेश लगाएत प्रदेश नं. १, गण्डकी, र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले प्रदेश १, गण्डकी,  कर्णाली र सुदूरपश्चिमका  पहाडी भागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

भोलि र पर्सी देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अुनरोध गरेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार