एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै – आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअुनसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढेको हो ।

यस्तै गएकाे आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख ९७ हजार सात सय चार पुगेकाे छ । याे सङ्ख्या ४० दशमलव तीन प्रतिशतले वृद्धि भएकाे हाे ।

यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीकाे सङ्ख्या भने एक दशमलव आठ प्रतिशतले घटेर दुई लाख ७७ हजार दुई सय ७२ रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार