बर्दगोरिया ६ मा गुरही असरैना कार्यक्रम भाद्र ४ मा हुँदै; तयारी तीब्र

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ यही भाद्र ४ गते हुन लागेको थारुहरुको पहिलो पर्व गुरही असरैना कार्यक्रमको तयारी तीब्र रुपमा भइरहेको आयोजक कमिटीले जानकारी दिएको छ ।

वडा नम्बर ६ स्थित पृथ्वीपुरगाउँमा यही भाद्र ४ गते श्री जनजागरण युवा क्लबको आयोजनामा उक्त थारुहरुको पहिलो पर्व गुरही असरैना कार्यक्रम हुने भएको हो ।

“थारु भाषा ,सांस्कृति हमार पिहचान संरक्षण ,संवद्वन कर्ना हमार अभियान ” भन्ने सहित आफ्नो कला र संकृतिको प्रवद्वन गर्ने उद्देश्यका साथ गुरही असरैना कार्यक्रम भाद्र ४ गते दिउँसो २ बजे देखि संचालन हुने आयोजकले क्लबले जानकारी दिएको छ ।
विगत २१ सय वर्ष देखि मनउदैआएको गुरही असरैना कार्यक्रम यस पटक स्थानिय तथा राष्ट्रिय कलाकार साथै टिकटक स्तरको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

बर्दगोरिया ६ मा हुने गुरही असरैना कार्यक्रमको माध्यमबाट बर्दगोरिया वडाको तिव्र विकासका निमित्त गुरही असरैना कार्यक्रम संचालन हुन लागेको हो । बर्दगोरिया ६ न वडाक्षेत्र प्रचार प्रसार गर्ने र पृथ्वीपुर नमुना गाउँ बनाउने उदेश्यले गुरही असरैना कार्यक्रमको आयोजना गरिएको कार्यक्रम मूल आयोजक समितिका संयोजक सागर चौधरीले जानकारी दिए ।

यहाँ गुरही असरैना कार्यक्रम परापुर्ब काल देखिनै मानउने प्रचान छ । उनले भने , ‘विशेष त यो थारु समुदायको पहिलो तिहुवार मन्ने गर्छन। राष्ट्रिय गुरहि पर्व भएकोले नेपालको थारु समुदायमा मानउने गर्छ्न । कैलालीका विभिन्न क्षेत्र साथै नजीकका गाउँपालिका बाट गुरही असरैना कार्यक्रममा सहभागीका लागी आउने गरेका छन ।’
गुरही असरैना कार्यक्रममा थारु समुदायका विभिन्न खानाका परिकार खानुका साथै कला संस्कृती र मौलिकता झल्काउने भेष भुसा, मन्दौहुवानाच सहितको, प्रदर्शन गरिने सास्कृतिक संयोजक चौधरीले बताए ।

गुरही असरैना कार्यक्रममा आउने कलाकारहरु मनिराम करिय भगरिया , खुशीराम रात्गैया, राज बन्धु, संगिता चौधरी, राजु चौधरी मोडेल ८८४८ लगाएत कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । प्रमुख अतिथि कार्यक्रमको उद्घाटन भुमी व्यवस्था तथा कृषि सहकारीका मन्त्री रामेश्वर चौधरीले गर्ने समेत आयोजकले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार