मुख्य समाचार

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । देशमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलि बिहीबार पनि देशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
बझाङमा ग्याँस पड्केर आगलागी, पाँचवटा पसल जलेर नष्ट

बझाङमा ग्याँस पड्केर आगलागी, पाँचवटा पसल जलेर नष्ट

बझाङ । बझाङमा ग्याँस पड्केर आगलागी भएको छ । जिल्लाको तल्कोट गाउँपालिका–५ खौला बजारमा दुई घरमा रहेका पाँच पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर आगलागी हुँदा पाँच पसमा क्षति पुगेको हो। तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो करिब २ः३० बाट सुरु भएको आगलागी ३ः४५ मा नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट दुईवटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलभित्र रहेका सामान जलेर नष्ट भएको छ। आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसलभित्र रहेका सामान जलेको तल्कोट गाउँपालिका अध्यक्ष रोकायाले बताए। क्षतिको…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रप्रसाद जोशी नियुक्त भएका छन्। जोशीलाई मङ्गलबार प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो। २०५८ देखि कैलालीमा अधिवक्ताको रुपमा कार्यरत जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलका स्थानीय हुन्। जोशीलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ।
पुरा पढ्नुहाेस्
मकैको जुँगा कुनकुन रोगका विरामीका लागि फाईदा जनक ?

मकैको जुँगा कुनकुन रोगका विरामीका लागि फाईदा जनक ?

हामी प्रायले हरियो मकै पोलेर वा उसिनेर खाएका छौँ। यो पोषिलो पनि हुन्छ। यससँगै भएको मकैको जुँगा पनि स्वास्थ्यवद्र्धक हुन्छ भन्ने कुराचाहिँ हामी कमैलाई थाहा छ। त्यसैले मकैको जुँगा हामीले त्यसै फ्याँकिरहेका हुन्छौँ। तर मकैको जुँगा मधुमेह, उच्च रक्तचापसहित विभिन्न स्वास्थ्य समस्यामा लाभदायक हुन्छ । परम्परागत स्वास्थ्योपचारमा यसको उपयोग हुँदै आए पनि यसलाई सबैभन्दा पहिले औषधिका रुपमा दर्ज गर्ने व्यक्ति भने एक चाइनिज फिजिसियन लान माओ (Lan Mao) हुन्। मकैको बोटको सबैभन्दा टुप्पामा फूल हुन्छ। त्यसलाई धानचमरा पनि भनिन्छ। यही धानचमराबाट खसेको पराग मकैको जुँगामा परेपछि यसैमार्फत पराग घोगाभित्र पुग्ने हुन्छ। त्यसपछि मात्र घोगामा मकैका दाना लाग्न मद्दत पुग्छ ।…
पुरा पढ्नुहाेस्
शुक्लाफाँटामा दरबन्दी अनुसार छैनन् हात्ती, रुपकलीको उमेर ६० वर्ष नाघ्यो

शुक्लाफाँटामा दरबन्दी अनुसार छैनन् हात्ती, रुपकलीको उमेर ६० वर्ष नाघ्यो

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए। ‘दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ,’ उनले भने, ‘बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसवेला हात्तीकै प्रयोग हुन्छ।’ उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ। अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन। भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमित गस्तीमा समस्या उत्पन्न हुने गरेको छ। हाल यहाँ दुई छावासहित चार भाले र चार…
पुरा पढ्नुहाेस्
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

९ असोज, दाङ । काठमाडौं बाट सुर्खेतका लागि हिडेको बस दाङमा दुर्घटनामा परी परेको छ । बस दुर्घटना बाट बसमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परि घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए ।…
पुरा पढ्नुहाेस्

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै देशमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ।
पुरा पढ्नुहाेस्
लम्की चुहा नगरपालिका-१० ले गर्‍यो सडक मर्मत कार्य शुरु

लम्की चुहा नगरपालिका-१० ले गर्‍यो सडक मर्मत कार्य शुरु

लम्की । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० ले सडक मर्मतको कार्य शुरु गरेको छ । वर्षातको समयमा सडकमा परेका खाल्डाखुल्डी मा ग्राभेल खसाल्दै सडक मर्मतको कार्य शुरु गरेको हो । जस अनुसार सोमबार वडाको सुतैया झाला टोलमा सडकमा परेका खाल्डाखुल्डीमा ग्राभेल झार्दै सडक मर्मतको कार्य गरेको हो । सोही अनुसार वडाका अन्य सडकहरुमा परेका खाल्डाखुल्डी पनि पुर्ने वडा सदस्य सुरेन्द्र बोहराले जानकारी दिए । उनले भने -" वर्षातको समयमा सडकमा पानी जमेर खाल्डाखुल्डी परी सवारीसाधन तथा स्थानीय नागरिक लाई आवतजावतमा निकै कठिनाई हुने गरेको थियो । उक्त सडक मर्मत कार्य प्राविधिक समस्याका कारण तत्काल गर्न नसके पनि आवश्यकता…
पुरा पढ्नुहाेस्
डोटीको पुर्वीचौकीमा कार्यरत एक कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस

डोटीको पुर्वीचौकीमा कार्यरत एक कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस

कैलाली । डोटीको पुर्वीचौकी गाउँपालिकामा कार्यरत कृषिका एक कर्मचारीलाई स्पटीकरण दिन नोटिस नै जारी गरिएको छ। कर्मचारीको आचारसंहिता विरुद्ध रहि पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ। भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन्। उनलाई असोज ६ गते पुर्वीचौकी गाउपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएपछि स्पष्टीकरण मागिएको छ। पालिकाले उनलाई कर्मचारीको आचारसंहिता विरुद्ध पार्टीको कार्यक्रममा सहभागी भएको, पालिकाको स्वीकृत बेगर कार्यालयको विरुद्धमा बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधान भन्दा बाहिर गई पालिकाको कामकाज बारे बोलेको देखिएकोले सो सम्बन्धमा…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपालमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। राति देशभर आंशिक देखि सामान्य बदली रही…
पुरा पढ्नुहाेस्