लम्की चुहा नगरपालिका-१० ले गर्‍यो सडक मर्मत कार्य शुरु

लम्की । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० ले सडक मर्मतको कार्य शुरु गरेको छ ।

वर्षातको समयमा सडकमा परेका खाल्डाखुल्डी मा ग्राभेल खसाल्दै सडक मर्मतको कार्य शुरु गरेको हो ।

जस अनुसार सोमबार वडाको सुतैया झाला टोलमा सडकमा परेका खाल्डाखुल्डीमा ग्राभेल झार्दै सडक मर्मतको कार्य गरेको हो । सोही अनुसार वडाका अन्य सडकहरुमा परेका खाल्डाखुल्डी पनि पुर्ने वडा सदस्य सुरेन्द्र बोहराले जानकारी दिए ।

उनले भने -” वर्षातको समयमा सडकमा पानी जमेर खाल्डाखुल्डी परी सवारीसाधन तथा स्थानीय नागरिक लाई आवतजावतमा निकै कठिनाई हुने गरेको थियो । उक्त सडक मर्मत कार्य प्राविधिक समस्याका कारण तत्काल गर्न नसके पनि आवश्यकता अनुसार सके सम्म आफुहरुले वडा बाट स्थानीय नागरिकलाई सहज हुने गरि कार्य गरिरहेका छौँ । सोही अनुसार आज हामीले वडाको सुतैय गाउँमा परेका खाल्डाखुल्डी पुर्ने काम गरेऔ, यसैगरी वडा भित्र रहेका अन्य सडकहरुमा पनि आवस्यकता अनुसार ग्राभेल झार्दै सडक मर्मत कार्य गर्ने छौ । जसले गर्दा स्थानीय नागरिकलाई तत्काल आवतजावत गर्न केही रुपमा सहज हुने छ ।”

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार