सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रप्रसाद जोशी नियुक्त भएका छन्। जोशीलाई मङ्गलबार प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो।

२०५८ देखि कैलालीमा अधिवक्ताको रुपमा कार्यरत जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलका स्थानीय हुन्।

जोशीलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार